banner
banner

उषाको प्रहर– मुक्तकसङ्ग्रह लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले उषा केसीद्वारा लिखित उषाको प्रहर नामक मुक्तकसङ्ग्रह लोकार्पण गर्नुभएको छ । कोरोना भाइरसको महामारीमा असार १५ गते गंगा दहालको बाछिटा मुक्तक संग्रह विमोचनपछि विमोचन भएको यो दोस्रो मुक्तक सङ्ग्रह हो । सामाजिक दूरी कायम गर्दै लकडाउनका अवधिमा लेखिएका साहित्य सिर्जनाहरु धमाधम प्रकाशनमा आउनु वाङमय विकासमा राम्रो लक्ष्यण हो ।
उषा केसीको यो मुक्तक सङ्ग्रह पहिलो प्रहर हो । अरु कृतिहरु पनि सार्वजनिक हुँदै जाउन् भनेर साहित्यकारहरुले शुभकामना दिएका छन् । यो मुक्तक सङ्ग्रहमा सामाजिक बिकृति र बिसंगतिलाई प्रहार गरिएको छ । मानवता र इमान, नैतिकता र चरित्रमा जोड दिइएको छ । भाषागत त्रुटीहरु पर्याप्त भए पनि भावनाका दृष्टिले कृति उत्कृष्ठ छ । पहिलो प्रयासमै यति लेख्नु भनेको हुने विरुवाको चिल्लोपात हो भन्ने ठहर प्राज्ञहरुले पनि गरेका छन् । यो कृति गोदावरी साहित्य परिषदले प्रकाशनमा ल्याएको हो ।
विमोचन कार्यक्रममा परिषदका रत्न विरही, प्राज्ञ देवी नेपाल, डा.हेमनाथ पौडेल, सर्जक विमुन्स पौडेल, राधा दुलाल कार्कीको पनि उपस्थिति थियो ।
विमोचन गर्दै कुलपति गंगाप्रसाद उप्रेतीले लेखिकालाई बधाई र अरु सिर्जनाहरु गर्न उत्साह दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper