banner
banner

काण्डैकाण्ड माथि ओली सरकार

काठमाडौं । हो केपी ओली सरकार जघन्य काण्डहरुमाथि चलिरहेको छ । यस्ता काण्डे प्रधानमन्त्रीले भन्नुभएको छ– मभन्दा उत्कृष्ट व्यक्ति अघि सार, म राजीनामा दिन्छु । नेकपाभित्रको प्रचण्ड, माधव, झलनाथ र वामदेव यत्ति पनि भन्न सक्दैनन्– ल त हामी संरक्षक बसौं, युवालाई नेतृत्व सुम्पिदिउँ ।
जसरी पनि आफै सत्तामा पुग्नुपर्ने ? किन ? पहिले सत्ता चलाउँदा के राम्रो गरेर र अव सत्तामा पुगेपछि सुनको फूल पार्छन् ? गर्ने उही भ्रष्टाचार नै हो भने ओली फालेर प्रचण्ड कित्ताको हातमा सत्ता जानुमा तात्वीक भिन्नता के रह्यो ?
विश्लेषकहरु भन्छन्– प्रचण्ड कित्ताकै कारण निर्मला हत्याकाण्ड, ३८ क्विन्टल, ३३ किलो सुनकाण्ड, ४ अर्व ३५ करोडको वाइडबडी भ्रष्टाचारकाण्ड, एनसेलको ७२ अर्व लाभकर छुटकाण्ड, बालुवाटार जग्गाकाण्ड, यति र ओम्नीसँगको सेटिङ भ्रष्टाचारकाण्ड, संवैधानिक पद बिक्री काण्डहरु छायाँमा परेका छन् र केपी ओली नेतृत्वको सरकार ढाल्ने बेला यो होइन । सीमाअतिक्रमण रोक्न ओली चाहिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper