banner
banner

सांसद र मन्त्रीहरुको योगदान खोई ?

काठमाडौं । कोरोना महामारीसँग जुध्नका लागि, जनस्वास्थ्यमा सहयोग पु¥याउनका लागि जननिर्वाचित, जनताका लागि सांसद, मन्त्री बनेकाहरुले कुनै योगदान गर्नुपर्दैन ? भारतमा समेत राष्ट्रपतिदेखि सांसदसम्मका ३० देखि १०० प्रतिशतसम्मका सुविधा कटौति गरी कोरोना महामारीसँग जुध्नका लागि उपलव्ध गराइएको छ । त्यसै पनि गरीव मुलुक नेपाल, यहाँ त रोगमात्र होइन, खाना र छानाका लागि समेत हाहाकारको स्थिति छ । यस्तो बेलामा पनि जनप्रतिनिधि हुँ, जनसेवाका लागि राजनीति गरेको भनेर नथाक्नेहरुले के योगदान दिए खोई ?
बरु पूर्वराजाले २ करोड योगदान दिए । हिमानी ट्रष्टमार्फत बेला बेलामा बिभिन्न स्वास्थ्य र अन्य सामग्रीहरु बितरण गर्ने कार्य गरिरहेका छन् । देशका ठूला नेता, घराना, अर्ब–खर्बपति व्यापारी, उद्यमीहरुले कुनै योगदान गरेको देखिदैन । सरकारले नै गरोस् भनेर चुपचाप बसिरहेका छन् । सामाजिक समस्या हो कोरोना, राष्ट्रिय विपत हो कोरोना, यस्तो बेलामा पनि मुठ्ठी नखोल्ने कस्तो चरित्र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper