banner
banner

उक्साहट - मित्रता - मृत्यु - क्रन्दन

पशुपति आर्यघाटमा सुकिला मुकिला युवाहरूको एकाबिहानै बाक्लो उपस्थिति थियो, श्रद्धाञ्जली व्यक्त गर्दै जानेहरुको अनुहार उदासिन र भयभित थियो , हुन पनि जिवनको अस्वाभाविक अन्त्यमा कस्को पो मन थाम्न सजिलो होला र ? २५ बर्ष मै बिदाइ ? बिहानि दौड लगाउनेहरुको दृस्ठिले को पो रहेछ भनेर एक छिन टोलाउथियो । नजीक भेला भएकाहरुको भिन्न भिन्न मत व्यक्त हुँदै थियो, बाबुआमालाई कत्तिको बज्रपात भयो होला कठै ! करियर बनाउने बेला , बिहे गर्नै बाकी छदा ल हेर यो... के देख्नु परेको हरे शिव ! एक छिमेकीले भन्दै थिए।
अर्कोतिर पनि नातापाताहरु थिए ती आपसमा कुरा गरेका थिए , एउटा छोरो थियो त्यो पनि... होइन कसरी भएछ यस्तो ? दिदी पनि बिदेशमा राम्रै पढ्दै छे भन्ने सुनेको थिए , बाउ आमाले पनि भनेको कुरा नमान्ने थिएनन् , अर्कोले थप्यो सङत ठिक थिएन भन्ने सुन्छु ।
कुनातिर ३ युवा ससानो स्वरमा साउती मारिरहेका थिए , कति बेला भने स्वर उच्च हुन्थ्यो , पहिलो :- तैले त्यसलाई पिउन जबर्जस्ति नगरेको भए सायद यो घटना हुदैनथियो, दोस्रो :- त्यसले पहिले पनि त हामी सङै लुकिछिपी पिएकै हो , मैले त साथिलाइ थोरै बल मात्रै गरेको हु ।
तेस्रो :- उस्लाइ जन्डिस ( कमलपित्त) भएको छ भन्ने थाहा थिएन ?
पहिलो :-घरमा बिरामी परेको त थाहा थियोे जन्डिस भन्ने थाहा थिएन , उस्ले पनि आफै पिउदिन भन्न सक्नु पर्थियो , हामी साथी भएर कर गर्दैमा रक्सि मासु खानुपर्छ र ?
दोस्रो :- चुप लाग , अहिले अरुले सुने हामिलाइ नै दोषी प्रमाणित गर्छन , हाम्रा अन्य साथीहरू पनि यसरी गएको जानकारी छैन तर यसखाले बिरामी हुँदा मुख छाडन हुदैन भन्ने सुनेको थिए ।
उता चितामा ती युवाको शव राखिदै थियो , रुवाबासी गर्नेहरुको अत्यासलाग्दो आवाजले वरपरका मलामिको अनुहार थप चाउरियो , आँखा मलिन भए , मान्छे सानो गल्तिले महत्त्वपूर्ण मानिएको जीवन नै गुमाउदोरहेछ , तर पनि गर्न नहुने र जोखिमपुर्ण कार्यमा उत्सुकताकै कारणले हात हाल्छ र पछुताउने अवसर समेत पाउदैन। जीवन बनाउनमा इष्ट मित्रहरूको भुमिका पनि अहम हुन्छ , यदि राम्रा परे भने आफुलाइ पनि असल बाटोतिर अग्रसर गराउछन यदि आफू नै बदमाश भए आफ्नो कारण मित्रहरूलाई सङ्कटमा फसाइदिन्छ ।
राम्रा साथी नजीक नहोलान तर राम्रो खोज्न पर पर पनि पुग्नुपर्छ , राम्रो बन्न पहिला आफै प्रयत्न गर्नुपर्छ तब राम्रो मित्र छान्न बुझ्न मद्दत पुग्छ । समाजमा खराब कुलतमा फसेका युवाहरूलाई चिढयाएर होइन बुद्धि बिबेक प्रयोग गरि उनीहरुलाई सहि मार्गमा ल्याउनुपर्छ । युवा नै हाम्रा भबिस्य हुन , हाम्रा बृद्धअबश्थाका सहारा हुन र तिनीहरुले पनि परिवार , समाज र मुलुकको जिम्मेवारी र दायित्व लिन प्रयास गर्नुपर्छ , एउटा पाका समाजसेवीले भने ।
समय बहुत महत्त्वपूर्ण कुरा हो ठ्याक्कै भोक लाग्ने बेलामा खान पाउँदा कति आनंद आउँछ त्यही खाना दुई घन्टा पछि खादा कस्तो हुन्छ ? युवावस्थामा अध्यन गर्नु असल भबिस्य निर्माणका लागि हुन्छ भने पाको उमेरमा अध्यन गर्नु ज्ञान बौद्धिकता र आकर्षणका लागि हो ।
तीन युवाले नतमस्तक हुदै सम्झाउदै गरेका छिमेकीको अगाडी एकै साथ टाउको हल्लाए , उतातिर साथिको शरीर पनि खरानी भएर ब्राह्मणले बचे खुचेका दाउरा बागमतीमा खसाल्दै थिए ।
मृत्युको खबर सामाजिक सन्जाल र फोनबाट पुगेका ठाँउबाट पशुपतिमा आउने क्रम चलिरहेको थियो , उपस्थिति पुस्तिकामा हस्ताक्षर गराउन हिड्ने युवा पसिना पुछ्दै वरपर डुलिरहेको थियोे , लक डाउन भए पनि मुखमा मास्क लगाएर श्रद्धाञ्जली दिन आउनेहरुको बाक्लो उपस्थिति बिस्तारै पातलिदै गयो र अन्त्यमा एउटा स्मरण मात्रै रह्यो।
अस्तु
सागर पाण्डेय
काठमाडौं

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper