banner
banner

अामा अब त अति भो

अामा अब त अति भो।
बिहानी उषाको किरणसंगै
हांस्न खोज्छु तर डराउंछु।
मेरो अोठमा दुर्जनको
अौंलाले दबाउंछ मेरो मुख बन्द हुन्छ।
अामा अब त अति भो
अामा अब त अति भो
जब बाबाको हातको अौंला समातेर
ताते ताते गर्न थाल्छु पाईला बढाउन
सक्दिन पछाडिबाट दुर्जनले
मेरो खुट्टा तान्छ अनि म सर्नै सक्दिन।।
अामा अब त अति भो
अामा अब त अति भो
मैले पहिरेकोे छोटो जामाले
दुर्जनलाई असह्य भयो अरे
खट्नै नसकेर मेरो जांघै च्यात्यो
मलाई लुछ्यो अामा मलाई
फोहोरले लतपत्यायो अामा।
अामा अब त अति भो
अामा अब त अति भो
म नाबालकले त्यो मुष्तण्डेको
यमानको ज्यान कसरी धांनु अामा
म नाबालकले त्यस मुष्तण्डेको
नङ्ग्राको चिथोराई कसरी सहुं?
अामा हेरत मेरो गालामा
पापीले चिथोरेका घाउ
अामा हेरत मेरो सुसु गर्ने
ठाउँ च्यातेर बनाएको घाउ
अामा हेरत मेरो छातीमा
पापीले थुपारेको पापको झोल।।
अामा मेरो जन्म नै पापीको
यौनप्यास मेटाउन हो भने
मलाई अजन्मा बनाउ न
अामा बरु मेरो गर्भ तुहाईदेउ
यो पीडा सहन न त तिमी नै सक्छ्यौ
न त म नै सक्छु
बरु भ्रुण हत्या गर अामा
यो पापीहरुको सिकार बन्न नदेउ।
बाबाको विर्य जाँच गर
अामाको भ्रुण जाँच गर
जे गर्नु छ गर तर मलाई
जन्म नदेउ अामा मलाई जन्म नदेउ
यहाँ कोपिलाबाट फक्रिनै पाउंदिन
जन्म नदेउ अामा मलाई जन्म नदेउ
लार्भाबाट बयस्क हुनै पाउदिन।
हरेक अामालाइ सन्देश पठाउ अामा
अब छोरी नजन्माउ भनेर
संसार शून्य किन नहोस्
सृष्टि नै उथलपुथल होस्
अामा अब छोरीलाई जन्म नदेउ
अब हामी कसाईखानामा
लुछिन अाउंदैनौं अब हामी
स्त्री बजार लगायर अाफ्नो मोलतोल गर्दैनौं
बाबा तिम्रो बिर्य जाँच गर
छोरीको रुपमा हाम्लाई प्राण नभर
हाम्लाई प्राण नभर हाम्लाई प्राण नभर।।।
सम्पूर्ण बलात्कार पिडित बालिकामा समर्पित।।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper