banner
banner

बहिनी, तिमी अहिले कहा“ छ्यौ

अधिवक्ता गंगा दहाल -
जनयुद्धमा युवतीहरु । परिवर्तनका बाहक । लोकतन्त्रका जन्मदाता पनि यिनै युवतीहरु हुन् । हामी लोकतन्त्र भनिरहेका छौं, स्कूल, कलेज जाने उमेरका युवतीहरुले ०५२ सालदेखि १० वर्षसम्म कमला हातले कडा बन्दुक र बारुद बोके । जनयुद्ध लडे । यी लडाका युवायुवतीहरुलाई सलाम छ । यथार्थमा यिनकै त्याग र बलिदान हो लोकतन्त्र ।
काखमा नानी बाकेर, छातीको दूध चुसाउँदै यस्ता अनगिन्ती युवतीहरुले सत्तासँग लडे । व्यवस्था परिवर्तनका लागि लडे । सर्वहाराको सुन्दर भविष्यका लागि लडे । जनयुद्ध सकिएको १५ वर्षपछि प्रश्न उठेको छ– बहिनी तिमी कहाँ छ्यौ ? तिमी सँगै लड्ने थुप्रै बहिनी भाइहरु कहाँ छन्, तिनीहरुलाई सन्चै त छ ? खान पाएका छन् कि भोकै छन् ? काम पाएका छन् कि बेरोजगार छन् ? देशमै छन् कि बैदेशिक रोजगारमा छन् ?
जनआन्दोलन सफल भयो, युवायुवतीको जीवन सफल हुनसकेन । ती छिन्नभिन्न भए । केहीले जागीर पाए, केहीले केही रकम पाए । धेरै अयोग्य भए, धेरैमाथि विभेद भयो । विभेदविरुद्धको बिद्रोह थियो जनयुद्ध, जनयुद्धले कमाण्डरहरुलाई सत्तामा पु¥यायो, आमनागरिक सत्ताको जुत्तामुनी नै छन् । यसकारण पनि प्रश्न उठेको छ– जनयुद्धको उद्देश्य किन पूरा भएन ?
जनयुद्धका १० वर्ष चट्टान बनेर उभिने यिनै युवायुवती थिए । अदम्य साहसको इतिहास हो जनयुद्ध । १७ हजार सहादत भएको र लाखौंलाखको जीवन सकसपूर्ण हुनपुगेको जनयुद्धले ल्याउनु पर्ने उज्यालो दिन थियो, रातो हिमाल थियो, मुहारमा मुस्कान थियो । तर न बेपत्ताका परिवारजनले न्याय पाए, न मारिएकाका सन्तानले सन्तुष्टि पाए । सबै हुटहुटीमा  असन्तुष्टिमा छन् । नेतालाई सन्तुष्टि, लडाकु र प्रभावित आज पनि अन्यायमा छन् । यी बिरांगनालाई सोध्नैपर्छ– बहिनी सन्चैछ ? बिद्रोह जेहाद थियो, जेहाद सफल भयो । बहिनीहरु बच्चा जन्माउने मेसिनबाट मान्छे हुनै नपाउने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper