banner
banner

महामहिम राष्ट्रपतिज्यू, केही त बोलिबक्स्योस्

देवी काफ्ले–
दिनहुं बलात्कारको समाचार पढ्नु सुन्नु पर्दा मुटु छियाछिया हुन्छ  । जसलाई ती समस्याबाट जुध्नु परेको छ उनीहरुको हालत के होला ?
    समाज जति आधुनिकिकरणतिर अगाडि बढेको छ, उति नै बलात्कार जन्य घटना बढेको छ । स्कुलहरुमा यौन शिक्षा दिने, यौन सम्बन्धि सचेतना कार्यक्रमहरु भएता पनि यौन हिंसा घट्नुको सट्टा बढिरहेको छ । हामीले सोचेका थियौं लकडाउनको बेला सबै आआफ्नो घरमा हुन्छन् बलात्कार जन्य घटना कम हुन्छन् तर बिपरित भयो । झन् धेरै बलात्कार जन्य घटनाको तथ्य बाहिर आयो । यसको मतलव के हो भने हामीकहाँ जतिपनि बलात्कार हुन्छन्, सबैभन्दा बढी आफन्त र नजिकका छिमेकीबाट हुन्छन् । यस्ता घटनाहरुको केही बिवरण हेर्नुहोस् ।
७ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का ८० वर्षीय वृद्ध बालाराम सुवेदी धरौटीमा रिहा भएका छन् । गएको जेठ ११ गते आफ्नै नतिनीसँगै खेलिरहेकी नातिनीकी साथीलाई दिउँसो करिब ३ बजेतिर घरमा कोही नभएको मौकामा वृद्ध बालारामले बलात्कार गरेको आरोप छ  ।
  रोल्पामा २८ महिने बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका ७ को एक गाउँकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षका एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । बालिका घरमै रहेको बेला बलात्कार गरेको आरोपसहित जेठ २९ गते युवकलाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय होलेरीमा जाहेरी दिएका थिए । बालिका घरमै रहेको बेला जेठ २८ गते छिमेकी नातेदार पर्ने युवकले बलात्कार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन् । भीमदत्त नगरपालिकाकी ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । उनले आफ्नै फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप छ  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले युवकविरुद्ध जाहेरी दिएको जानकारी दिएका छन् ।
   बाराको बरियारपुरमा हरेका पाँच वर्षमा लाग्ने पञ्चबर्षीय गढीमाई मेला हेर्न आएकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरेको छ । काँकडभिट्टा १३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका २ का अन्दाजी ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ  । 
छिमेकी १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै बालिकाका परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । हेटौंडा स् मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ की एक सुस्त मनस्थिति महिला बलात्कारको सिकार भएकी छन् । गत जेठ २४ गते दिउँसो १२ बजे २५ वर्षीया अविवाहित ती महिलालाई पैसाको प्रलोभनमा पारेर मकैबारीमा लगेर बलात्कार भएको मकवानपुर प्रहरीले जनाएको छ ।
क्वारेन्टाइनमा रहेकी एक महिलामाथि सामुहिक बलात्कार भएको छ  । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि शनिबार राति सामूहिक बलात्कार भएको हो  । पीडित महिलाका अनुसार उनलाई सोही क्वारेन्टाइनमा स्वयंसेवक र स्वास्थ्यकर्मी रहेका तीन जनाले पालैपालो बलात्कार गरेका हुन्  ।
दांङमा १३ बर्षिया बालिकालाई फकाई फुलाई २८ बर्षिय पुरुषले आफुसहित तिनजना मिलेर रातभरसँगै राखे । बालिका अहिले मानसिक सन्तुलनका साथै बोल्ने क्षमता पनि गुमाएको अवस्थामा छिन् । समाचार अनुसार कुनै पुरुष देख्नासाथ उनी चिच्याउने रुने गर्छिन् ।
     महिला अधिकारकर्मीहरु बिरोध गर्छन् तर ट्ंगो नलगाई बिचैमा सम्झौतामा छोडिदिन्छन् । ल्न्इरक्ष्ल्न्इ हरु त मान्छे उफार्ने डलर खाने हुन् ।
    अब आशा कसको ?
    जनताले सुरक्षा र न्यायको अनुभूति सरकारबाटै गर्ने हो । हाम्रो देशमा त राष्ट्रप्रमुख नै महिला हुनुहुन्छ । केही समय अगाडि महिला तथा बालबालिका मन्त्री महिला नै हुनुहुन्थ्यो । सायद उहाँले केही गर्न नसकेर पो हो कि महिला मन्त्री पनि सरकारले पुरुषलाई नै बनायो । जो जे भए पनि आजको समयमा अपराधीलाई कारवाही हुने चान्स निकै कम छ किनकि हरेक अपराधी कुनै न कुनै दलको कार्यकर्ता छ । आफ्नो भोट घट्ने र उसले लगाएको गुन तिर्न पनि अपराधीलाई राजनैतिक संरक्षण हुन्छ । सोही कारण अपराधीलाई सजायको सट्टा प्रोत्साहन मिलेको छ र बलात्कारका घटना मौलाउंँदै गएको छ ।
छोरी कहिं कतै सुरक्षित छैनन् । अब त छोरी जन्माउनु नै अपराध हो कि जस्तो हुन थाल्यो । यो अवस्था अझै बढ्दै गयो भने भ्रुण हत्यालाई मान्यता दे सरकार भन्ने दिन नआउला भन्न सकिन्न । त्यसै पनि देशमा भ्रुण जचाउने र छोरी रहिछे भने गर्भपतन गराउने केन्द्रहरु टोलटोलमा खुलिसकेका छन् । भ्रुण जाँच अपराध हो तर डाक्टरहरु जाँचिरहेका छन् । निरन्तर गर्भपतन उद्योग फस्टाउँदै गएको छ ।
    अझै पनि अपराधीलाई कडा सजायं र संरक्षणका बिषयमा सरकार गम्भीर भएन भने हामी बाध्य हुनेछौं कि छोरी कसैले नजन्माउ भन्नलाई ।
  सरकार बलात्कारीलाई, अपराधीलाई राजनैतिक संरक्षण नदे भन्ने यो अभियान अव व्यापक हुनुपर्छ ।
  महामहिम राष्ट्रपतिज्यू अब त यो बिषयमा केही बोलिदिईबक्स्योस् । एकपल्ट आँखा खोलेर ती बालिकाहरुलाई आफ्नो काखमा राखेर एउटा बक्तब्य बोलिदिईबक्स्योस् । उनको पीडा एकपल्ट महसुस गरिबक्स्योस् । सम्पूर्ण महिला तथा बालबालिकाको आशाको केन्द्र हजुर नै हो एकपल्ट मुख खोलिबक्स्योस् । जय होस् ।
नोटका बिटा पानी टेंकीमा राख्नेहरु मन्त्रीको पदमा बसेर भारतसँग युद्ध हुन्छ भने लड्न सकिन्छ भन्ने हावादारी गफ गरिरहेका छन् । वार्ताको पहल गर्नुपर्ने र शान्तिको खोज गरेर सुशासन दिनुपर्ने मन्त्रीको हावादारी गफ सुनेर बस्नु राष्ट्रपतिलाई शोभा दिदैन ।
न त कोरोनाको मार र उपचारको बन्दोबस्त मिलाउनु पर्ने सरकार कात्रोमा पनि कमिशन खाएको हेरेर बस्न शोभा दिन्छ । यति नै बेला महिला हिंसा, बलात्कार र आत्महत्याका घटनाहरु व्यापक रुपमा बढेका छन् । यी सबै दृश्य हेरेर बस्न शोभा दिनछ ।
राष्ट्रपति देशका संरक्षक पनि हो, हो भने त्यो भूमिका निर्वाह हुनुपर्छ । टिकटकमा रमाएर र मन्त्रीका हावादारी अभिव्यक्तिमा रमाएर बस्नु भनेको उभिएको आधार खुस्काउनु हो । सम्मान आर्जन गर्ने, मौका पाएका बेलामा हो । पद र प्रतिष्ठा छ, अधिकार छ, यो मौकालाई देशको हितमा, बालिकाहरुको हितमा उपयोग गर्दा अमर हुनसकिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper