banner
banner

सिपाहीको सलाम

तराइ पहाड हिमालका देस प्रेमी नेपालीहरुले बुझ्नु पर्छ कि बर्तमान सरकारले ल्याएको नागरिकता बिधेयक र नयाँ नक्सा भारत बिरुद्ध होइन । नेपालको लागि हो । ती दुबै अति राम्रा काम ग¥यो नेकपा सरकारले अनि जनताको दबाबले । अब यो सरकारले उत्तर–दक्षिण दुबैतर्फ सीमा पर्खाल लगाउने निर्णय गरोस् ।    – प्रेमसिंह बस्न्यात्
राजा र नागरिकता
स्व.राजा वीरेन्द्रले लालमोहर लगाउन अस्वीकार गरेको र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको नागरिकता ऐन ०६३ सालमा जनआन्दोलन सफल भएको खुशीयालीमा लागू गरियो र ३ जनाको सिफारिसमा पचासौं लाख विदेशीलाई नागरिकता दिइयो । अहिले त्यही व्यवस्थाअनुसार हुनुपर्छ र राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता पदमा अंगीकृतलाई पनि बाटो खुलाउने षडयन्त्र भइरहेको छ । भारतमा अंगीकृत नागरिकता लिन ७ वर्ष कुर्नुपर्छ भने नेपालमा त्यही अनुसार हुन किन नहुने । संवैधानिक पदमा जानका लागि नेपालमा जन्मेकै हुनुपर्ने प्रावधानमा तलमाथि नगर्दा नेपाली हित हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper