banner
banner

कालापानीबारे नबोल्नेको बिरोध

धर्मरत्न श्रेष्ठ –
दोक्लामपछि लद्दाखमा भारत र चीनवीच सीमा बिबाद चर्केको छ । सीमा बिबादमा भारतका अनुसार २० भारतीय सैनिक हताहत भए, २३ जना चिनियाँ सैनिक सिध्याइयो । युद्ध भने युद्ध, शान्ति भने शान्ति भनेर आफ्ना सिमानामा सैनिक बन्दोबस्ती तैयारी हालतमा तैनाथ गरेको छ भारतले । सीमारक्षाका लागि सिङ्गो भारत एक भएको छ र चीनको धुवाँधार बिरोध गरेर चीनलाई एक्ल्याउने र चीन र मेडइन चीन सामानहरु बहिष्कार गर्ने भनेर भारतभरि चिनियाँ राष्ट्रपतिको पुतला जलाउने, नाराबाजी लगाउने र होम गरेर पूजापाठ पनि भइरहेका छन् ।
आफ्नो देशको एक एक इन्च भूमिको महत्व भारतले दर्शाइरहेको छ । नेपालले सिक्नुपर्ने पाठ हो यो । त्यही भारतले नेपालको सिम्पियाधुरा, लिपुलेक र कालापानी आप्mनो नक्सामा हाल्यो, नेपालीले युद्ध गर्ने साहस थिएन, बिरोध जनायो, कूटनीतिक नोट पठायो, आफ्नो नक्सा जारी ग¥यो, संसदबाट पास गरेरै भारतलाई वार्ताबाट सीमा समस्या समाधान गर्न आग्रह गरिरहेकै छ । तर भारतले वास्ता गरेन । शान्तिपूर्ण वार्ताको वातावरण बनाउने जिम्मा नेपालको भनेर भारतीय प्रधानमन्त्री पाकिस्तान र चीनसँग युद्ध गर्ने हुङ्कारका साथ अघि बढेका छन् ।
यस्तो बेलामा नेपालले दुवै क्षिमेकीलाई शान्तिपूर्ण वार्ताबाट समस्या समाधान गर्न भन्नुपर्ने हो । सरकार मौन छ । तर नागरिक समाज, बुद्धिजीवीको प्रतिनिधि र मानवाधिकारवादी भन्न रुचाउने एउटा तप्का यसरी चीनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिरहेको छ । मानवाधिकार तथा शान्ति समाजको व्यानर बोकेर ‘चाइना, वार इज क्राइम’ भनेर चीनलाई प्लेकार्ड देखँइरहेका छन् । यो बर्गले ‘भारत, वार इज क्राइम, सीमा मिच्नु अपराध हो, नेपालको भूभाग नेपाललाई देउ, कालापानीबाट भारतीय सेना फिर्ता गर’ भनेर चुँइक्क बोलेनन् । मानवाधिकार तथा शान्ति समाज भारतीय प्रवक्ता बनेर काठमाडौंमा प्रदर्शन गर्नु भारतीय खेताला बन्नु भएन र ?
नेपालका लागि चीन र भारत दुबै महत्वपूर्ण छन् । नेपालको नीति असंलग्न परराष्ट्रनीति हो । भारतले आरोप लगाएजस्तो चीनको गोदीमा बसेर नेपालले सिमानाको कुरा उठाएको होइन, नक्सा जारी गरेको पनि होइन । चीनको बलमा भारतलाई आँखा देखाएको पनि होइन । नेपाल नैतिक युद्ध लड्न सक्छ, भौतिक युद्ध नेपालको प्राथमिकतामा नै छैन । नेपाली जनता आफ्नो भूगोलप्रति एकढिक्का छन्, नेपाली राष्ट्रवादका लागि एकतावद्ध छन् । यो कुरा भारतले हेर्नुपर्छ र नेपालका भूभाग अतिक्रमण गरेको भूल सुधार गर्नुपर्छ । नेपाल कमजोर छ भनेर १५ लाख सेना छ भनेर भारतले नेपालको सातो लिन खोज्नु र यसरी मानवाधिकार र शान्ति समाजको नाममा केही व्यक्ति उठाएर नेपाललाई बदनाम गर्न खोजेर भारतले र नेपालमा भएका केही यस्ता भारतको गोदीवालाहरुले नेपाललाई चीनपक्षमा लागेको देखाइरहेका छन् । नेपाल नेपालपक्षमा बसेको छ, बस्छ, बस्नुपर्छ । चीन र भारत दुबै क्षिमेकी हुन्, उनीहरुविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिनुहुन्न । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper