banner
banner

ओलीजी, अझै सतर्क हुनुपर्छ

शाश्वत शर्मा -
५८ वर्षअघि भारतीय कब्जामा रहेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई गत शनिवारको संसदले नेपालको संविधानमा समावेश गरेको छ । अव राष्ट्रियसभाले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने औपचारिकतामात्र बाँकी छ ।
त्यसो त यो विषयले सम्पूर्ण नेपालीलाई हर्षित तुल्याएको छ । एकाध भारतभक्त बाहेक, सबै नेपालीले ओली नेतृत्वको सरकारले भ्रष्टाचारलार्य संस्थागत गरे पनि यो चाहिँ राम्रो कामको सुरुआत ग¥यो भनेर प्रशंसा गरेका छन् । यो मामिलाले सबै दल, सबै तप्काका नेपालीलाई एकढिक्को बनाइदिएको छ । नेपालीको देशभक्तिको महिमा उजागर हुनपुगेको छ ।
संविधानमा नेपाली भूमि फर्कियो, अव हकभोगमै भूमि फिर्ता ल्याउने प्रक्रियामा जानुपर्नेछ । यसका लागि पनि नेपाली एकता हुनैपर्छ । अप्ठेरा, चुनौती धेरै छन् । उता भारतले यस विषयमा नेपालले भारतीय भूमि समावेश गरेर नक्सा जारी ग¥यो भन्ने हल्ला तीब्र पारेको छ । भारतले तत्काल वार्ता नहुने संकेत पनि दिएको छ । सम्बन्ध चिस्सिएको धम्की पनि दिएको छ । आफ्ना प्यादा नेपालीकी सांसद सरिता गिरीमार्फत नेपाललाईबंगलादेश झै टुक्य्राइदिने धम्की दिएको भारतले स्वयम् आफैअघि सरेर नेपालको नक्सालाई मान्यता नदिने भनिसक्यो । भारतले प्रतिष्ठाको विषय बनाएको यो मुद्दा पेचिलो बन्दै गएको छ । भारतले वार्ता गर्न चाहँदा पनि नेपालले नचाहेको प्रचार पनि गरिरहेको छ ।
भारतलाई बुझ्नेहरु भन्छन्– भारतले अव ओली सरकारलाई हटाउने प्रपञ्च रच्नेछ । नेकपाभित्रैका लोभीपापीलाई हतियार बनाउने छ । अहिले मुलुकमा उठेका विभिन्न किसिमका जुलुस, धर्नँ आदि सबैमा भारत लुकेको दावी विश्लेषकहरुको छ । वर्तमान प्रणाली नै फालिदिने धम्की दिएर तर्साउने कलाकारिता पनि देखिन्छ । अहिले सत्ता र विपक्षमा जो हालीमुहाली छन्, ती सबै भारतकै उत्पादित नेता छन् । कथित जनआन्दोलनपछि बलजफ्ती गैरकानुनी रुपमा हिन्दुधर्म र राजतन्त्र फालेपछि भारतको एकलौटी हैकम चल्छ भन्ने सोचेको भारत यतिबेला उत्तानो परेको छ । नेपालले नयाँ नक्सा जारी गरेपछिका घटनाक्रमले नेपालको जनस्तरमा भारतीय शासकप्रति घृणा फैलिनपुगेको छ । आफूले कब्जा गरेर ठूलै उपलव्धि गरेको भारतबाट आफैले हुर्काएका बढाएकाबाट खोसिने अवसथ आएपछि भारत नराम्ररी झस्किन पुगेको हो । नेपाल चीनको प्रभावमा गयो भन्ने ठानेको भारतले ठूलै आँधीबेहरी ल्याउने कसरत गर्नेछ ।
सर्वसम्मत रुपमा नयाँ नक्सा, निसानछाप पारित हुने बैठकबाट अमरेशकुमार सिंह, राजेन्द्र महतो र उपेन्द्र यादवले भूमि कहिले फिर्ता आउाछ ? भनेर प्रश्न गरेपछि नेपालमाथि नै चुनौति खडा हुनपुगेको छ । मधेशी सांसदले आफूलाई देशभक्त साबित गरे, पछिसम्म साथ दिन्छन् कि दिन्नन्, त्यो गम्भीर प्रश्न हो । संविधान जारी हुँदा बिरोधमा नरेन्द्र मोदीको ब्याज लगाएर जुलुस निकाल्नेहरुको विश्वास पनि अग्नि परीक्षामा नै देखिन्छ । नेपालमा राष्ट्रबाद गजबले उठेको छ । भारतबादीको सातो खानेगरी राष्ट्रबादी जागेका छन् । यही डरले सरिता गिरी बहिष्कार गरेर भागिन्, १२ सांसद संसदमै गएनन् । मधेशी पार्टीले आफूले भनेजस्तो संविधान संशोधन छिटै गर्ने बाचाबन्धन गराएर साथ दिएको भन्ने चर्चा पनि छ । केपी ओलीले जुन हिम्मत गरे, त्यो अतुलनीय छ । सबैको साथ मिल्यो, त्यो झन चित्ताकर्षक एकता हो । नेपाली एकता यसैगरी कायम रहने हो भने भारतको कब्जामा भएको भूमि फिर्ता दिन बाध्य हुनेछ ।
नेपालका लागि ४ वर्षअघिजस्तै नाकावन्दीको अवस्था अथवा त्योभन्दा डरलाग्दो अघोषित असहयोग हुनसक्छ भारतबाट । नेपालका सहज व्यापार व्यवसायमा अड्चन खडा गर्नसक्छ भारतले । यही बेला हो, नेपालले कम्मर कस्ने । स्वाभिमान र आत्मनिर्भरताको चुनौतिलाई अवसरमा बदल्ने । यो अवसरमा राष्ट्रका लागि संविधानभित्र र बाहिरका, परम्परागत शक्तिसँगसमेत सहमति र सहकार्यको राजनीति अघि बढाउन सके भने केपी ओली वास्तवमै देशभक्त राजनेता बन्नसक्नेछन् । चेतना भया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper