banner
banner

नेपालको वैदेशिक सम्बन्ध र राजा महेन्द्र

स्वयम्भुनाथ कार्की -
बेलग्रेड र पाकिस्तानको भ्रमण पछि ०१७ सालको कदम चालेकाले भारत सशंकित भएको थियो । भारतीय संसदमा यस घटनाको वारेमा औपचारिक छलफल भएको थियो । त्यसमाथि विसं २०१८ को असोजमा उनको चीन भ्रमणले भारत उनलाई आङ्खनो विरोधी देख्न थालेको थियो । त्यस भ्रमणमा भएको नेपालचीन सीमा सन्धी र कोदारी राजमार्ग सम्झौता भारतले आफु विरुद्धको मोर्चावन्दी ठान्न पुग्यो । जनकपुरमा २०१८ माघमा उनीमाथी बम पनि प्रहार भयो । भारतको राजा महेन्द्रसंगको चिसोपनको यो घटनामा कति योेगदान छ वा छैन, त्यो अलग विषय हो ।
सरदार भीमबहादुर पाण्डेले ‘श्री ५ महेन्द्र र नेपालको असंलग्न परराष्ट्र नीति’ लेखमा २०१९ सालमा नेपालमाथि ‘अघोषित नाकावन्दी’ लागेको उल्लेख गरेका छन । जसलाई चीनले आफ्नो विदेशमन्त्री मार्पmत चेतावनी दियो कि भारतले नेपालमाथी हस्तक्षेप नगरोस् । यसको केही समय पछि चीनभारत युद्ध भयो । भारतले विश्वजनमत आङ्खनो पक्षमा पार्न र सहयोग पाउन नेपाल लगायत ११४ मुलुकलाई पत्र लेख्यो । विवादित १९५० को सन्धी र भारतले मागेको गुहारले पनि यो मामिलामा नेपाललाई तटस्थ बस्न रोक्न सकेन । भारत अघोषित नाकावन्दी झिकेर सम्वन्ध सुधारको प्रयत्न गर्न विवश भयो । भारतले गृहमन्त्री लालवहादुर शास्त्री, भगवान सहाय, डा. कर्णसिंह लगायतलाई निमित्त पठाएर सम्वन्ध सुधार गर्नु प¥यो ।
यो सबै किन भयो त ? राजा महेन्द्रले २०१९ बैशाख ५ गते भारतको राजकिय भ्रमणको वेलामा दिल्लीको विश्वसम्वन्ध परिषदलाइै गरेको संवोधन टोक्नु न बोक्नु भयो । त्यस संवोधनमा उल्लेखित कुराहरुको सिधा विरोध सम्भव थिएन । तर त्यसले लामो समयदेखि भारतले कायम राखेको ठूल्दाजु पन तोडिन लागेको थियो । सीमाक्षेत्रमा कचिंगल मच्चाएर ठूल्दाजु भई रहने मनोवृति छुटेन । बरु नेपालको परराष्ट्र मन्त्रीको हैसियतले दिल्ली पुगेका हृषिकेश शाह नेपालले आङ्खनो परराष्ट्र नीति बदलनु पर्ने सुझावमा सपर्पित भएर आए । राजा महेन्द्रले परराष्ट्र नीति बदल्नु भन्दा आङ्खनो परराष्ट्र मन्त्री नै बदले । यसैको प्रतिरोधमा सीमाक्षेत्रमा ध्वंशात्मक गतिविधि बढ्यो, अघोषित आर्थिक नाकावन्दी पनि लाग्यो । 
प्रकटमा विरोध गर्न नसक्ने र प्रतिरोध नगरी नहुने को कुरा थियो त त्यो सम्बोधनमा ? केही टुक्राहरु प्रासंगिक हुन्छ । नेपालको परराष्ट्र नीति शान्तिको पक्षमा र उपनिवेशवादको विरोधमा रहेको कुरा उल्लेख भएको छ, ‘मेरो देश नेपालले भारत र अरु शान्तिप्रिय उपनिवेशवाद विरोधी शक्तिहरुको उपनिवेशवादलाई संसारवाटै निर्मूल गर्ने प्रयासलाई सधै समर्थन गरेको छ ।’ नेपालको तटस्थतालाई भन्छन्, ‘तटस्थताको नीति कुनै अर्को विचारधारामा आधारित छैन । वास्तवमा यस दर्शनले दुई विरोधी विचारधाराहरुको बीच साघुको काम गर्दछ ।’ परराष्ट्र नीतिमा असंलग्नता भारतले पनि अंगालेको कुरा पनि व्यक्त गरेका छन् । ‘जहाँसम्म मेरो सवाल छ तपाईका नेता श्री नेहरुको यस युक्तिको पक्षमा म छु ।’
तर यो निशर्त भने होईन भन्ने कुरा प्रष्ट गरेका छन्, ‘ जहाँसम्म स्वतन्त्रता खतरामा पर्दछ, वा अन्यायको संभावना देखिन्छ त्यस अवस्थामा हामी न निष्पक्ष रहन सक्नेछौं, न रहने नै छौंं ।’ यी कुराहरु विगतमा जे भए पनि अव नेपाल एक स्वतन्त्र सार्वभौम राष्ट्रको रुपमा रहन्छ भन्ने घोषणा हो । सुरक्षा छाता वा नजिक टाढाको जालमा नेपाल पर्दैन भन्ने अठोट हो । सात सालको दरवार र मन्त्रीपरिषद बैठकसम्म भारतिय अधिकारीको पहुाच अव मान्य छैन भन्ने चुनौति हो । त्यसैले भारतले सकेजति उपलव्ध हतियार प्रयोग रेको थियो । मुलुक कै परराष्ट्रमन्त्रीलाई प्रभावमा लिएपछि राजा महेन्द्र अवश्य झुक्नेछन भन्ने सोचले हृषिकेष शाहलाई प्रभावमा लिएको देखिन्छ । तर परराष्ट नीति भन्दा मन्त्री बदलेर उनले चुनौति नै दिएका हुन ।
‘नेपालको चीनसँग पनि दौत्य सम्वन्ध छ र दुई देशमा प्रचलित राजनैतिक संस्थाहरुको असादृष्यले मात्रै नेपाल चीन सम्वन्ध मैत्रीपुर्ण र हार्दिक हुनु पर्दैन भन्ने कुनै कारण छैन ।’ भारतसँग जस्तै नेपालको चीनसँग सम्बन्ध धेरै अघिदेखिन् अविच्छिन्न रही आएको छ र चीनसँगको मैत्री पञ्चशिलका सिद्धान्तहरुमा आधारित छ । जसरी भारतले नेपाल भारतको ‘रोटीबेटी’ र प्रचिनता रहेको भनेर नेपालले भारत भन्दा घनिष्ट सम्वन्ध अरुसंग राख्न नहुने छनक दिने गरेको छ त्यसलाई अस्विकार गरेका छन राजा महेन्द्रले । चीनसंगको सम्वन्ध आवागमन कठिन भए पनि भारतसंग जस्तै प्रचिनता रहेको कुरा वताएका छन् । 
नेपालले कहिल्यै दुई छिमेकीलाई उचाल्ने पछार्ने नगरेको र नगर्ने कुरा पनि भनेका छन् । ‘नेपालको चीनसँगकोसम्बन्धको हकमा कहिले चीनलाई उचाली भारतलाई पछार्ने , कहिले भारतलाई उचाली चीनलाई पछार्ने किसिमकोनीति नेपालको कहिल्यै रहेको छैन ।’ नेपाल भारत सम्बन्धको संवेदनशिलता संग परिचित मात्र हैन गम्भिर पनि भएको कुरा उनको यो भनाईले जनाउछ ।
‘नेपाल र भारतको भिन्नतालाई आवश्यकता भन्दा बढाएर वा घटाएर कुरा गर्नु सजिलो छ, तर नेपाल र भारतलाई जस्ताको तस्तै दृष्टिगत राख्नु धेरै गाह्रो छ । किनभने त्यसो गर्नका लागि सहानुभूति, समवेदना र सहिष्णुता जति सजिलो पाईन्छ, त्यो भन्दा बढी परिणाममा चाहिन्छ । इतिहास साक्षी छ कि नेपाल र भारत बीच आधारभूत आध्यात्मिक मान्यताहरु अहादान प्रदान भई रहोस् भन्नाको लागि ती दुवै स्वच्छन्दरुपले बाहिरी दवावविना विकास हुनु आवश्यक छ ’। यो कुरा वर्तमानमा पनि त्यति नै सान्दर्भिक र मार्गदर्शक छ । राष्ट्रवादी जस्तो उच्च पदावली भारतले पिरेमा चीनको काखमा र चीनले पिरेमा भारतको काखमा जानुलाई दिने हो भने त्यो अपमान हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper