banner
banner

राजतन्त्रले कहा कति भूमि गुमाएछ ?

काठमाडौं । जेठ ३१ गते संविधान संशोधनपूर्व बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले सगौरव उद्घोष गरेका थिए– ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो ।’ प्रचण्डको यो उद्घोषले राप्रपालाई पनि बिझ्यो, राष्ट्रवादी सबैलाई बिझ्यो, राजतन्त्रवादीलाई त बिझ्ने नै भयो । सबैले सामुहिक प्रश्न उठाएका छन्– राजतन्त्रले कहाँ कति भूमि गुमाएछ ? यतिमात्र होइन, प्रचण्डर्ला प्रश्न गरेका छन्– कालापानी, लिम्पियाधुरा, लिपुलेकमा गएर उभिएरमात्र देखाउनु ? ती क्षेत्रमा जो गए, ती युवा थिए, जसका कारणले नक्सा अध्यावधिक भयो, तमाम नेपालीको दबाब र एकताले । यसमा जस लिन खोज्नु, क्रान्तिकारी पल्टन खोज्नु, मौकामा चौका हान्नुमात्र हो । झुक्याउने पनि यसरी ?
भारतको काखमा बसेर जनक्रान्ति गर्नेको फुर्ति पटक्कै सुहाएन । इतिहास भन्छ– चीनसँग युद्ध हारेपछि भारतले राजा महेन्द्रसँग माँगेर केही समयका लागि कालापानीमा सेना राखेको थियो, जनगणना, जनमत संग्रहमा मतदान भएका क्षेत्र कसरी राजाले गुमाए, कसरी राजाले बेचे र गणतन्त्रले फिर्ता ल्यायो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper