banner
banner

कोरोना महामारीबाट बच्न सतर्कता जरुरी

देवी काफ्ले–
कोरोना संसारका सबै मान्छेको साझा दुश्मन हो । फिल्डमा खट्न नपर्ने, भीडमा जानै नपर्ने, जोखिमपूर्ण ठाउँमा काम नभएका, सुरक्षा घेराभित्र निर्देशन दिने र नीतिगत रुपमा काम गर्नेहरुले विवेक पु¥यायौं । स्थानीय तहमा  घर घरमा राहत बाड्न हिड्ने तथा सिमानाकामा अलपत्र परेका नागरिकका लागि उद्धारमा खटिएका जनप्रतिनिधि, क्वारेन्टाइन निर्माण तथा ब्यावस्थापनमा खटिने जनप्रतिनिधि  स्वयंसेवक, बाटोमा खटिने सुरक्षाकर्मी, रिपोर्टिङमा हिड्ने पत्रकार, एम्बुलेन्स चालक, स्वस्थ्य क्षेत्रमा खटिएका स्वस्थ्यकर्मी, अत्यावश्यक सेवा प्रवाहमा खटिएकालाई पहिला स्वाब जाँच्ने अवसर दिउँ । बाचौं र बचाऔं । राजनीति र प्रतिस्पर्धाको महामारी नगरौं, मानवीय व्यवहार गरौं । जब कोरोनासँग जित हासिल होला, मानव सभ्यता बच्ला, त्यतिबेला जति राजनीतिक झगडा गरे पनि हुन्छ । यो समय सबै मिलेर कोरोना भाइरससँग लड्ने र परास्त गर्ने समय हो ।
कोभिड आतंक कम गरौं– जनजीवन सामान्य बनाउँ । यो हामी सबैको साझा कर्तब्य हो । भाइरस आफैमा आतंक हो, यो आतंकलाई मिलेर परास्त गर्नुपर्छ, आतंकमाथि आतंक थप्नु भनेको अपराध हो । हामी आफै आतंक थप्नतिर लाग्यौं भने कोरोनासँग जित्न सम्भव छैन । आतंकलाई न्यूनिकरण गर्न हौसला र संचेतना जगाउन जरुरी छ । हिम्मत गर्नेहरुले कोरोना जितेका छन्, हामी सबले हिम्मत र हौसलाका साथ कोरालाई जित्नुपर्छ ।
अहिले विश्वभर कोरोना भाईरस संक्रमणले महामारीको रुप धारण गर्र्दैछ । यसबाट हामी सबै बच्नु र बचाउनु जरुरी छ । एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलोसँग सर्न सक्ला तर यो भाईरस मानिसमा देखिदैमा के के बित्यासै प¥यो जस्तो गर्न र अतालिनु पर्ने कुनै जरुरी देखिदैन । सकेसम्म संक्रमित हुनबाट बच्ने तर संक्रमण भैहालेमा पनि सजिलै निको हुनसक्ने रहेछ भन्ने प्रष्टै भैसक्यो । यसको असर, यसले मानव स्वास्थ्यमा पुराउने हानी भन्दा पनि कैयौं गुना त्रास फैलाउने काम भैरहेको महसुस भएको छ । जनजनले महसुस गर्ने र भन्ने गरेको एउटै कुरा– यो कोभिडले गर्नु ग¥यो, सबै तहस नहस पा¥यो, सामान्य दिनचर्या मात्र होइन समग्र सामाजिक जीवन र राष्ट्रिय अर्थतन्त्रमा समेत धेरै ठूलो नकारात्मक असर पु¥यायो । यसलाई सबै मिलेर, अनुशासित भएर, सामाजिक दुरी कायम गरेर, साबुनपानीले पटकपटक हात धोएर, मास्क लगाएर, सरसफाईमा ध्यान दिएर, बाहिरबाट आएकाहरु क्वारेन्टाइन बसेर लाग्नै नदिउँ, अर्कोलाई सर्नै नदिउँ । अनि कारणबस कसैलाई संक्रमण देखिई हालेमा त्रसित नभई तातोपानी र झोलिलो खानेकुरा प्रशस्त पिउने, सामान्य तर पौस्टिक खाना खाने, तातोपानीको वाफ लिने, अदुवा र बेसार, लसुन र गुर्जोर कागती, मौसम र सम्भव भएमा भिटामिन सि. तथा आयुर्वेदिक च्यवनप्रास खाने, हल्का ब्यायाम गर्ने, योग र ध्यान गर्ने, आफू पनि छिटो स्वस्थ्य हुन र अरुलाई भाईरस नसरोस भन्नको लागि  कसैको सम्पर्कमा नगई केही दिन एकान्तबास बस्ने, कुनै लक्षणरचिन्ह देखिए वा स्वास्थ्यमा समस्या आएमात्र  अस्पताल जाँदा हुन्छ अन्यथा यत्तिकै रिपोर्ट पोजेटिभ आउदैमा त्रसित भएर के के न हुन्छ जस्तो गरी अस्पताल दौडाउन कुनै जरुरी पनि देखिदैन । सामान्यतया चिकित्सक र स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थासङ्ग सम्पर्कमा रही स्वयं आइशोलेसनमा बस्दा हुन्छ । यति गर्दा कोरोना र कोभिड–१९ लाई सजिलै परास्त गर्न सकिन्छ । समाजमा अनावश्यक त्रास फैलाउने र जनजिवनलाई भयभीत बनाउने, राज्यलाई अनावश्यक ठूलो आर्थिक भार समेत थोपर्ने र यसै गरिब राष्ट्रलाई अन्तरास्ट्रिय ठूला संस्था र बहुराष्ट्रिय कम्पनीको उक्साहट र त्रासमा परी थप कङ्गाल बनाउने काम नगरौं । राज्य पनि चनाखो, जिम्मेवार र दुरदर्शि बनोस् । हामी नागरिक पनि जिम्मेवार र सकारात्मक बनौं, कोभिड–१९ लाई हराउँदै समाजलाई सामान्यिकरण गरौं । लकडाउनको प्रकृति परिवर्तन गरौं । सामाजिक दुरी लगायतका अनुशासन पालना गर्दै त्रसित जनजीवनलाई सामान्य र चलायमान बनाउँ । मनव सभ्यतामा बाचिन्छ, बचाइन्छ ।
कोभिड–१९को आतङ्क गाउँ घरमा निकै बढेको छ । भारतबाट आएका नेपालीले कोरानाको पोको बोकी ल्याए झै, रिपोर्ट पोजेटिभ आए गाउँ नै सोत्तर हुने त्रास, कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेका सबै अपराधी  नै हुन भन्ने जस्ता नकरात्मक अफवाह फैलाउने काम भएको छ । यस्ता भ्रममा कोही नपरौं, कोरोनाबाट सकेसम्म बचौं यदि संक्रमित भए पनि अनावश्यक तनाब नलिई धैर्य गरेर बसौं कोरानालाई जित्न सकिन्छ । कोरोना पछि बिस्तारै तपाईं हाम्रो घरमा पनि आउन सक्छ । यसलाई सामान्य मानौँ कोरोनालाई जित्न सबैले  हिम्मत कसौं । कोरोनाको महामारी साझा शत्रु हो, यो हाम्रो साझा प्रयत्न र संचेतनाबाट हटेर जानेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper