banner
banner

गणतन्त्र दिवसकै दिन गुप्तआतङ्क

धर्मरत्न श्रेष्ठ -
यता नेपालमा सत्ताधारीहरु कोठामा गणतन्त्र दिवस मनाइरहेका थिए, उता सीमामा भारत सयों बिगाह नेपाली भूमि अतिक्रमण गर्दैथिए ।
झापाको स्यालमारामा भारतीय सीमा सुरक्षा बलले ५० मिटर भित्र पसेर नेपाली भूभाग कब्जा गरेको मात्र होइन, छाउनी नै बनाइदिएको छ ।
गाउँपालिका अध्यक्ष छन् जयनारायण साह, उनका अनुसार विगत सात वर्षदेखि भारतीय एसएसबीले नेपालीका नाममा धनीपूर्जासमेत भएको सो जग्गामा  भोगचलन गर्न नदिएको र हरेक दिनजसो नजिकका गाउमा पसेर दुःख दिने गरेको थियो ।
त्यसअघि नेपालीहरुले सो जग्गामा कमोत गर्दै आएका थिए । यो जग्गा सीमा पिलर १११ नं अन्तर्गत पर्छ । त्यो सीमास्तम्भ भारतीयले नै उखेलेर फालेका थिए । एसएसवीले भारतीय भूमि भनेर २० बिगाह जग्गा कब्जा गरेको हो ।
‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय एसएसबीले स्यालमाराको २० बिघा नेपाली भूमि कब्जा गरेको छ’ गाउँपालिकाका अध्यक्ष साहले रासससँग कुरा गर्दै भनेका छन्– हामीले हाम्रो जग्गा पनि भन्न पाएनौं । आफ्नो जग्गा खनजोत गर्न जाँदा बन्दुक तेस्र्याइन्छ । यो भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो । जग्गा भारतीयले कब्जा गरे पनि अहिलेसम्म मालपोत नेपालमै तिर्दै आएका छौं । नेपाल सरकारले कि त यो जग्गा नेपालको होइन भनेर जग्गाधनीपूर्जा क्यान्सिल गरिदेओस्, कि नेपालीको हो भनेर हामीलाई छुट्याइदेओस् । नेपाल सरकारले तमासा हेरेर बस्दा जनताले आफ्नो जग्गा पनि भन्न पाएनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper