banner
banner

कोरियाले श्रमिक लानेभो

काठमाडौं । विभिन्न मुलुकमा रहेका श्रमिक नेपाल आउन चाहेको, फर्कनेक्रम सुरु भइसकेको सन्दर्भमा दक्षिण कोरियाले भने नेपाली श्रमिक लैजाने तैयार भएको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको कोरियाले थप नेपाली श्रमिक लैजान सकिने जनाउ सरकारलाई दिएको छ । कोरोनाले कोरियाली भाषा परीक्षा रोकिएको थियो, डिजिटल प्रणालीबाट परीक्षा लिएर उत्तीर्ण हुनेहरुलाई फास्ट ट्य्राकबाट कोरियामा रोजगारी दिन कोरिया तैयार भएको हो । कोरोनापछिको यो पहिलो शुभ समाचार हो ।
गत मंगलवार इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागका पदाधिकारीलाई यस्तो जानकारी दिएका हुन् । यही महिना हुनुपर्ने भाषा परीक्षा डिजिटल प्रणालीबाट व्यवस्थित गर्ने तैयारी सुरु भएको छ ।
इपिएस प्रणाली र स्थायी बसोबास गर्नेहरु कोरियामा ५२ हजारजति रहेको अनुमान छ । १६ देशका श्रमिकहरु इपिएस परीक्षा दिएर रोजगारीका लागि कोरिया जाने गर्छन्, नेपाल यसरी रोजगारीमा पठाउने प्रमुख मुलुक हो । प्रत्येक वर्ष ७ हजार नेपालले कोरियामा रोजगारी पाउने गरेका छन् । नेपाली युवायुवतीका लागि कोरिया ज्याला, सुविधा, सुरक्षाका दृष्टिले सुरक्षित गन्तव्य पनि हो ।
कोरोनाले जतिसुकै महामारी फैलाए पनि कोरियाले यो वर्ष पनि ७ हजार नेपाली श्रमिक लैजाने कोटा छुट्याएको छ । नेपाल कोरोनाको महामारीका कारण लकडाउनमा भए पनि कोरियाले भने श्रमिक लैजान तैयार भएको जनायो ।
यद्यपि फाट्टफुट्ट कोरियामा कोरानाका संक्रमित देखिन्छन् तर ठूलो सावधानी र सक्रियताका साथ कोरोनामाथि विजय प्राप्त गर्दै गइरहेको छ कोरिया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper