banner
banner

जुत्ता, ब्याग किन बोक्ने सेनाले ?

काठमाडौं । मन्त्री, प्रधानमन्त्रीको सुरक्षामा खटिने सेनाले तिनका जुत्ता बोक्नुपर्ने, मोवाइल, ब्याग बोक्नुपर्ने, घरमा घरेलु काम गर्नुपर्ने अवस्थाको अन्त हुनुपर्छ । सैनिक ठूलो सानो जे होस्, सैनिक हो, उसको धर्म नमकको सोझो गर्नु हो । नेताको जुत्ता, ब्याग बोक्नु होइन । देशको सेवकलाई घरेलु काम गर्ने नोकर बनाउनु राजनीतिको अदुरदर्शीपन हो । मुर्खता हो । गार्ड पाउनु भनेको के के न पाइयो भन्ने मन्त्री, संवैधानिक अंगहरु र भूतपूर्व विशिष्टहरुलाई परेको छ । त्यो गलत हो ।
अव सेना, सशस्त्र अथवा नेपाल प्रहरीले आफ्ना सकल दर्जालाई देश र जनताको सेवकको विशेष तालिम दिन जरुरी छ । जो कोहीले सकल दर्जाका जो कसैलाई गलत प्रयोजनमा उपयोग गर्न खोज्छ भने इन्कार गर्नसक्ने आत्मबलको विकास गर्नैपर्छ । तव न सोल्जर । कुनै पनि सिपाही तवसम्म सोल्जर बन्न सक्दैन, जबसम्म उसले सिपाहीको असली कर्म सिकेको हुँदैन । तालिम दिइयोस् भनेर धेरैले सुझाव पठाएका छन् । सुरक्षा निकायले आफ्नो सेवा के कसरी र कुन सीमासम्म दिने भन्ने पाठ्यक्रम बनाएर समयानुकूल शिक्षित र दीक्षित पार्नु जरुरी छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper