banner
banner

कृषि समस्याको समाधान होइन सहकारी

स्वयम्भुनाथ कार्की -
नेपालमा कृषि भूमीको खण्डिकरण र भूमी सुधार प्रर्यायवाची शव्द भएका छन् । जसरी भए पनि भूमीको स्वामित्वमा हदवन्दी गर्ने वा भूमी नै खोस्ने कुराले क्रान्तिकारी बनिन्छ भन्ने भ्रम राजनीतिकर्मीहरुले पालेका छन् । कारखाना मेसिन चलाउनेको, हवाईजहाज पाईलटको, बस ड्राईभरको, बैक खजाञ्चीको भनेर कसैले भन्यो भने त्यसलाई मगज सड्केको भन्न बेर नलगाउनेहरु जमिन जोत्नेको भनेर ठूलाठूला स्वर उराल्छन् । उनीहरुले यसो भन्दै गर्दा केही जमिन भएर आफु अन्तै नोकरी गर्दै गरेका वा आफ्नो श्रीसम्पत्ति बन्दकी राखेर नेपाललाई रेमिट्यान्स पठाउन अरेबियन मुलुकका ताता मरुभूमिमा मेहनत गरिरहेकाहरुको मनमा आफ्नो जमिन सुरक्षित रहने हो वा होईन भनेर ढ्याँङ्ग्रो ठोकिन्छ । भूमी सुधार अन्तरगत मोहियानीको कार्यान्ववयनमा जग्गाधनी भन्दा कयौं गुणा सम्पन्नले गरिव जग्गावालाको जग्गा आधा फ्याक पारेर लगेको जनमानसले अभैm भूलेको छैन ।
नेपालको हालीमूहाली गर्नेहरुले बुझिसके कि ससाना टुक्रा भूमिबाट कृषि उत्पादन बढाउन सकिदैन । आपैmले उरालेको नारा भूमीमा हदवन्दीले प्रति ईकाई कृषि उत्पादन घटाएको छ । फेरी भूमीको चकलाबन्दी गर्न आपैmले उचालेको नाराले दिँदैन । यसैको हलको निमित्त सहकारी कृषिको अवधारणा पस्किईदैछ । सहकारी, सहकार्य, मिलेर काम गर्ने कुरा अत्यन्त आकर्षक कु्रा हो । व्यबहारमा भने यसको कार्यन्वनयन फलामको च्यूरा चपाए सरह हो । माओवादीले ठूलो महत्वाकांक्षा सहित शुरु गरेको कम्न्यून पद्धति अर्थात सहकारी जीवनयापनको पद्धति पूर्णतया असफल नै भएको भन्न सकिने अवस्थामा पुगेको छ । 
च्याउसरी पलाएका बचत तथा ऋण सहकारी संस्थाहरु, उपभोक्ता सहकारी संस्थाहरु मध्ये कति ठिकसँग संचालनमा छन् भन्ने कुराको लेखा सहकारीको नियमन गर्न राजश्वको खर्चबाट खोलिएको जिल्ला सहकारी कार्यालयले पनि सहजै उपलव्ध गराउन सक्दैन । यसको अर्थ सफल सहकारीहरु छैनन् भन्ने पटक्कै होईन । तर यस्ता सफल सहकारीहरु अनुपातका धेरै कम छन् । यदि यसो नहुँदो हो त कुनै कुनै सहकारीको सफलता राष्ट्रिय संचारमा प्रमुखताका साथ प्रसारण गर्नु पर्ने समाचार बन्दैन थियो । अनि सहकारीको कार्यकलाप विषेशत सहकारीको आडमा छेलिएका साहु महाजनहरु समस्या भएर नै एक व्यक्ति एक सहकारी सदस्य भन्ने नियम आएको छ । त्यतिले नपुगेर पाइलै पिच्छे भेटिने सहकारीहरुको संख्या घटाउन पर्ने आवश्यकता सरकारले देख्न थालेको छ ।
आफ्नो दलले ल्याएको कार्यक्रम सबै भन्दा उचित र आङ्खनो दलले आलोचना गरेको कार्यक्रम सजाय योग्य बेठिक भन्न आफ्नो सम्पूर्ण ज्ञान, शिप र कौशल खर्च गर्ने नेपालका बुद्धिजीविहरुबाट आश राख्नु पनि मुर्खता नै हो । मान्छेले आफ्नो स्वतन्त्र अस्तित्व खोज्छ, यस अस्तित्वको खोजाईमा छोराले अंश नदिएको रिसमा बाबुमाथि आक्रमण र बाबुले छोरामाथि आक्रमण गरेका अनगिन्ति घटनाहरु छन् । आफ्नै पारिवारिक व्यवसाय मिलेर संचालन गरेका उदाहरण दुर्लभ छ । त्यसैले होला नेपालीमा ‘साझे कि बाझे’, ‘आफन्तसँग साझेदारी नगर्नु’ जस्ता उक्तिहरु प्रचलित छन् । ईमान्दारीपूर्वक भन्ने हो भने हरेक जसो साझा उद्यममा सबै साझेदारहरुको भित्री मनसाय अर्को साझेदारलाई मौका पाउने बित्तिकै पन्छाउने हुन्छ । 
साहै्र थोरै उदाहरण वाहेक नेपालमा साझेदारी उद्यमको आयु साह्रै छोटो हुने गर्दछ । संचालन गरिने उद्यममा विभिन्न ईकाईका विभिन्न ज्ञाता भए र एकै प्रकारको विषेशता भएको अर्को व्यक्ति भएन भने ढुंगाको भर माटो, माटोको भर ढुंगो सिद्धान्तले साझेदारी सफल हुन्छ । बचत तथा ऋण सहकारी संस्थाहरुको अस्तित्व लामो रहनुमा पनि यही सिद्धान्तले काम गरेको छ । तैपनि अब अलग खिचडी पकाउन सक्छु भन्ने हिम्मत पलाउनासाथ टुक्रिएर अर्को सहकारी खोलिएका छन् । नेपालीहरु करिव करिव सबैको मूल पेशा कृषि हो । संभावित कृषि सहकारीमा संलग्न हुने सबैले खेतिपाती गर्न जानेको हुन्छ । अलग अलग खेती गर्दा केही प्रकृयामा फरक रहेको हुन्छ । यस्तो अबस्थामा खेती गर्ने मेरो पद्धति ठिक हो भन्ने जिद्धि सदस्यहरु बिच पलाउनु स्वभाविक कुरा हो । 
कृषि उत्पादन बढाउने एकमात्र उपाय भनेको जमिन माथि राजनीति नगरी कृषि उद्यमलाई प्रवर्धन गर्नु नै हो । जसरी कारखाना चलाउने मजदूरको हुँदैन, गाडी ड्राईभरको र हवाईजहाज पाईलटको हुँदैन, त्यसै गरेर कृषि उद्यमलाई पनि सोचिनु पर्दछ । नत्र भने कृषिको औजारका रुपमा भित्रिएका ट्याक्टरले बालुवा, गिटी वा ईटा ढुवानी गर्ने अनि नेपाली श्रम दैनिक चार घण्टा र महिनामा चार दिन अनिवार्य ओभरटाईम सुविधामा (?) तातो मरुभूमिमा ज्यान फाल्न विबश हुने छन् । धेरै ठूलो संख्यालाई रोजगारी केवल कृषि उद्यमले मात्र दिन सक्छ । यसका निमित्त कृषिलाई उद्योगको दर्जा दिन अत्यन्त आवश्यक छ । जहाँसम्म जग्गा प्रकृति प्रदत्त हो त्यसैले त्यसमा क्षेत्राधिकार हुन्न भन्ने कुरा छ यो तर्क नै त्रुटीपुर्ण र अज्ञानताको प्रदर्शन हो । प्राणीको उत्पत्तिको डार्विन सिद्धान्त माने पनि शास्त्रीय सिद्धान्त माने पनि प्राणीले सबैभन्दा पहिले हासिल गरेको सम्पत्ती, सुरक्षा भनेको नै जग्गामा क्षेत्राधिकार हो । यो अस्विकार गर्ने वित्तिकै सबै किसिमका सिमाहरुको अर्थ रहन्न । एक व्यक्तिले क्षेत्राधिकार भोग डाँडाबारी र  नेपालले गौरवको प्रश्न बनाइएको आफ्नो भूभाग लिपुलेख, लिम्पियाधुरा, कालापानी जस्ता सिमाका दावी पनि त्यस्तै निरर्थक हुन्छन्, त्यो अज्ञानताले भरिएको तर्कको आधारमा । त्यसैले डाडाबारी त्यो व्यक्तिको अधिकारको हो र लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपालका सबै सिमा भित्रका भूभाग नेपालको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper