banner
banner

दुर्गतिमा पौडिने पनि कम्युनिष्ट हुन्छ ?

प्रदीप नेपाल, पूर्व सञ्चारमन्त्री । एउटा परिपक्व लेखक, निडर र छातीमा देश बोक्ने चिन्तक । देश सम्झेर बोल्ने व्यक्तित्व, निरन्तर लेख्ने व्यक्तित्व । उहाँका विचारहरु साह्रै गह्रुंगा र कडा हुन्छन् ।
नेकपाभित्रको लथालिङ्ग अवस्था र व्यवस्था देखेर वाकविधि हुनुभएका लेखक तथा पूर्वसञ्चार मन्त्रीले एउटा अन्तर्वार्तामा कडा अभिव्यक्ति दिनुभएको छ । यो कुरा मतदाता र नेकपाले सुन्नैपर्छ भनेर उहाँका शव्द यहाँ साभार गरेका छौं– ‘इमान’ शब्द, यिनीहरूको भाषण मात्र हो । त्याग, तपस्या र बलिदान जस्ता शब्दहरू यिनको शब्दकोषबाट हराइसकेका छन् । कार्यकर्ता भनेको यिनीहरूका लागि हुक्के, बैठके मात्र हुन् । 
यस्तो दुर्र्गितको आहालमा पौडिने पनि कम्युनिस्ट पार्टी हुन्छ ?
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र), का नेताहरू नेकपा भएपछि लेखपढ छोडेर दानापानीको खिचलोमा लागेछन् । त्यसैले अहिलेको नेपालमा कुनै पनि पार्टीसँग आफ्नो सिद्धान्त, विचार, कार्यक्रम र नीति छैन । 
– प्रदीप नेपाल

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper