banner
banner

जेठ २० गतेसम्म लकडाउन

काठमाडौं । कोरोनाका कारण नागरिक मर्न थालेपछि र संक्रमण समाजमा फैलिन थालेको संकेतहरु देखिएपछि सरकारले आउनसक्ने ठूलै विपतलाई टार्न र नागरिकको जीवनरक्षाका लागि जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । औषधि पत्ता लागेको छैन, कोरोना भाइरसलाई समाजमा फैलनाबाट रोक्नका लागि लकडाउन नै एकमात्र उपाय देखिएको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन निरन्तर जारी रहँदा व्यक्ति र राष्ट्रको आर्थिक कारोवार अस्तव्यस्त भइसकेका छन् । तथापि नागरिकको जीवन रक्षा प्रमुख दायित्व हो र यही दायित्ववोध गरेर सरकारले लकडाउनको उपाय जारी राखेको हो ।
सुरुमा स्वास्थ्य सामानको अभावमा परीक्षण न्यून गरिएकाले संक्रमित कम देखिएका थिए । अहिले सहयोग र खरिद गरी स्वास्थ्य सामग्री पर्याप्त आइसकेकाले परीक्षण व्यापक हुनथालेको छ । जनताले साथ दिए पनि संक्रमित बढ्न थालेका छन् । क्वारेन्टाइन, आइसोलेसन र संक्रमित व्यवस्थित गर्न ठूलै चुनौति देखिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper