banner
banner

कोरोनाबाट मानव सभ्यता बचाउने चुनौती

दीपेन्द्र सिंखडा-
निश्चित भूगोल भित्र बसोबास गर्ने नागरिक, तीनका भाषिक, संस्कृतिक रितिरिवाज, ऐतिहाँसिक विरासत र समग्र भूगोल एउटा राष्ट्र हुन्छ । तीनै भाषिक, संस्कृतिक, ऐतिहाँसिक बिबिधताका बीच एकता कायम गर्न सक्ने राष्ट्र नै चिरकाल सम्म स्वतन्त्र रहन सक्दछन । स्वतन्त्र, अभिभाज्य र नागरिक सर्वोच्ता भएको राष्ट्रले नै वाहिर्य हस्तक्षेप, आक्रमण, युद्ध वा कुनै पनि प्रकारको धम्किलाई परास्त गर्न सक्ने हैसियत र  ।दछ । यो कुराले के पुष्टि गर्दछ भने नागरिक सर्वोच्चता नै समृद्ध राष्ट्रको आधार स्तम्भ हो । 
नेपाल एकीकरणको समयमा यीनै आधारभूत मुल्य मान्यताको आधारमा पृथ्बीनारायण शाहले जनबलको तागतमा नेपाल अधिराज्यको भौगोलिक एकीकरण मात्र गर्नु भएन, नेपाल अधिराज्य भित्र नागरिक सर्वोच्चता कायम राखी यो अधिराज्यको भाषिक, साँस्कृतिक रितिरिवाजको विविधतालाई समेत ताजा राख्नु भयो, तसर्थस् उहाँका दिव्योपदेशमा यही कुराहरु प्रतिबिम्बित भएका छन् । प्रजा मोटा भया दरबार बलियो हुन्छ । नेपालको राजकीय शासन सत्तामा दिव्योपदेशको यो पंक्तिले नागरिक सर्वोच्चतालाइ विशेष महत्वका साथ सुरक्षित राखेको थियो । प्रजातन्त्रको जननी भन्ने देशहरुले पनि मुलभूत रुपमा यहि कुराको आधारमा राज्य सत्ता संचालन गरेको देख्न पाइन्छ । अपितु पृथ्बीनारायण शाहले जनबलको आधारले विशाल नेपाल अधिराज्यको जग निर्माण मात्र गर्नु भएन, एशिया महादिपमा बिषालु फर्ण फैलाएर वसेको व्रिटिश साम्राज्यबादलाइ थप फैलिन दिनु भएन । लामो समय सम्म अधिकार जमाएर बसेको बृटिश साम्राज्यबादी शक्ति अन्ततोगत्वा एसिया महादिपबाट सदाका लागि फिर्ता गयो । पछिल्ला लेखहरुमा थप प्रष्ट्याउला । 
नेपाल माथि पश्चिमा शक्ति केन्द्रको गिद्धे नजर परिरहनुको मुख्य कारण पृथ्बीनारायण शाहकालिन समयको नेपालीले अंगालेर बसेका ऐतिहाँसिक बिर गाथा पनि एक हो, अद्यापि यसका अन्य अनगिन्ति कारण त छँदैछन् । पृथ्बीनारायण शाहको उदयकै कारण लामो समय देखि भारतमा पकड जमाएको वृटिश साम्राज्यबादले थप विस्तारित हुन् सकेन र आजको विशाल चिन र भारत समेत नेपाल सँग संगै अस्थित्वमा छन् । भौगोलिक हिसावले नेपाल भन्दा विशाल भएता पनि ऐतिहाँसिक विरासतका हिसावले यी दुवै राष्ट्र नेपालभन्दा साना नै हुन् । नेपालको यो ऐतिहाँसिक विरासतलाइ हामीले गौरव ठान्नैपर्छ ।
वृटिश साम्राज्यबादको उतराधिकारीको रुपमा उदय भएको युरोपियन युनियन र अमेरिकी साम्राज्यबादले  यो कुरो राम्रोसँग बुझेको छ कि, नेपालमा खलबल नपारिकन एशियामा जरो गाड्न कठिन हुन्छ भनेर । तसर्थस् विभिन्न वहानामा नेपालमा हस्तक्षेप गरि नै रहेको छ । आफ्ना अनुकुलका पात्रलाइ राजीतिक दलको आडमा सत्तामा पुर्याउने र अनेक हत्कण्डा अपनाई नेपाली भावनालाई निस्तेज पार्ने । यहि परियोजना अन्तर्गत राणा शासनको समाप्ति पछी पनि आफ्नो अनुकुलको पात्रलाइ सत्तापुर्याउने र कुन अभिष्ट पुरा गर्न सत्तामा पु¥याएको हो सो पुरा गरि वा नगरी पुन सत्ताबाट हुर्याउने तानाबाना गर्दै आएको छ, भारतको छत्रछाँयामा लुकेर आँफू अदृष्य भइ । यहि कोप भाजन्मा नेपालको स्थायी सत्ता राजसंस्था पनि पर्यो पछिल्लो समयमा । नेपालको स्थायी सत्तालाइ समाप्त पारे पछी नेपालको सवै शक्ति समाप्त भयो, तव आफ्नो अनुकुलमा तयार पारिएका पात्र(पात्रका बिचमा झगडाको  नाटक मन्चन गरांउदै नेपाली जनमतको अपमान गर्ने वा नेपाली जनमतको मानमर्दन गर्ने काम भइराखेको छ । नेपालको पछिल्लो राजनीतिक घटना क्रम यही रणनीति अन्तर्गत आएको पश्चिमा खेल हो । यी सत्ता पक्ष र प्रतिपक्ष भन्ने सवै तप्का विदेशी एजेन्ट हुन् भन्ने बुझ्नलाइ सवै भन्दा सजिलो समय यहि नै हो, यदि नेपाली जनता सचेत र सतर्क हुन् चाहन्छन भने ।   
विश्व अहिले कोरोना भाइरसको त्रासले आक्रान्त छ, कसरि मानब प्रजातिलाइ यसको प्रभाव बाट जोगाउन सकिन्छ भन्दै रात दिन खोज अनुसन्धानमा लागि रहेको छ । संसारका सवै देश र वैज्ञानिकहरु कोरोना रोकथामको उपायमा खोज अनुसन्धानमा लागि रहेको बेलामा नेपालका राजनीतिक दल तथा सरकार संचालन गर्नेहरु संसदीय जोड घटाउमा व्यस्त रही आँफनै सरकार ढलाउने खेलमा लाग्नु कुनै पनि राष्ट्रप्रति बफ्फादार राजनीतिक दलको चरित्र सुहाँउदो खेल होइन ।  यो सरासर गैरराजनीतिक चरित्र हो, नेपाली जनता प्रतिको अपमान नै हो । यस प्रकारको गतिबिधिले प्रष्ट पार्छ्कि, यदि यी राजनीतिक दलहरु नेपालि जनता प्रति उत्तरदायी रहन्थे भने यति बेला राजनीतिक खिचातानीमा लाग्दैन थिए, संयुक्त रुपमा कोरोना बिरुद्ध लड्ने क्ष्यामता बृद्धी गराउन तर्फ लाग्दथे । यो संकटमा कमाउ धन्दामा रुमलिने अझ भनौ भने कोरोना नियन्त्र सामाग्री आयातमा र वितरणमा कमिसन देखि चोरी सम्मको हर्कत गर्दैन थिए । जुन व्यवस्थामा राजनीतिक शक्तिको आडमा यस्तो सम्मको हर्कत हुन्छ त्यो निश्चित रुपले आफ्ना देशको नागरिक प्रति अनुत्तरदायी र बिदेशी भक्ति भावले सत्तामा पुगेकाले देखाउने चरित्र हो । किन कि यिनलाइ जनमतको कुनै प्रबाह छैन, पैसा पाए हुन्छ । 
 यतिबेला नेपालमा तिन तहको सरकार प्रयोगमा छ, स्थानीय, प्रदेश र केन्द्रिय । याँहा अस्तित्वमा रहेका बिभिन्न राजनीतिक दल पनि प्रसस्त मात्रामा छन् । साथै देशमा सुरक्षा निकाय पनि छ ।  तर यी कुनै सँग पनि नेपाली नागरिकको हालको अवस्थाको बारेमा बुझ्ने सहि डाटा छ जस्तो लाग्दैन र समस्या समाधान गर्ने उचित संयन्त्र निर्माण गरे जस्तो पनि देखिँदैन । राजनीतिक दलले नेपाली नागरिकलाइ सत्तामा जानको निमित्त भोट बैंक बाहेक अरु केहि बनाएनन । यदि यिनीहरुले नागरिकलाइ भोट बैंक बाहेक फरक नजरले हेर्ने गर्दथे भने अहिले सम्पूर्ण संयन्त्र परिचालन गरेर नागरिकहरुको अबस्था के छ ? कसरि बसेका छन् ?के खाएका छन् वा खाएका छैनन् ? प्रत्येक घरमा भाडा तिरेर बस्ने नागरिक कुन ठाउँबाट आएका हुन् ? के काम गर्छन? तिनको व्यवस्था कसरि गर्दा उचित हुन्छ ? यी सवै कुराको डाटा जनप्रतिनिधि मार्फत संकलन गरि उचित र प्रभाव कारी ढंगले  राहत व्यवस्थापन गर्नु पर्थ्यो ।  सवैलाइ पाइक पर्ने ठाँउमा गएर दालचामल लिने व्यवस्था गर्नु पथ्र्यो । चोक चौरमा खानाको मेस देखाएर सामाजिक संजाल रंगिएका छन्, के यस किसिमको ब्यबहार ले गर्दा कोरोना फैलिने डर हुन्न? यदि यहि गतिविधिको कारण संक्रमण फैलिए नैतिक जिम्मेबारी कसले लिने? जिम्मेवारी लिने भन्दा जटिल  कुरो त त्यो हो, यसैको कारण धेरैको जिउ ज्यान जोखिममा पर्न सक्छ । यस तर्फ संबन्धित निकायको ध्यान जावस र प्रभावकारी ढंगले  समस्याको  उचित समाधानको उपाय खोजियोस । फोटो खिच्न र सामाजिक संजाल सजाउनकै निमित्त यस्ता काम नगरियोस ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper