banner
banner

खनाललाई खतरा

काठमाडौं । सत्ताको आडमा सांसदलाई अपहरणमा मुछिएका पूर्व आइजीपी सर्वेन्द्र खनाल नेकपा विप्लव समूहको टार्गेटमा परेको बताइन्छ । जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले प्रहरी, सरकारी वकिल र राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दिएपछि यस्तो आरोप लागेको हो । पूर्व आइजीपी सर्वेन्द्र खनाल सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले महोत्तरीबाट सांसद यादवलाई काठमाडौं ल्याएर होटलमा राखेको र पार्टी फुटाउनकै लागि यो कुकर्म गरेका हुन् भन्ने अव खुलस्त भइसकेको छ । प्रहरीले उजुरी नलिएपछि मानवाधिकार आयोगमा उजुरी परिसकेको छ, छानबिन भइरहेको छ । यस सम्बन्धमा नेकपा विप्लव समूहले कुमार पौडेल हत्या आरोपी पनि यिनै हुन् भनेर खबर आएपछि सर्वेन्द्र खनाल टार्गेटमा परेको चर्चा सुरु भएको हो । विप्लव निकट ई रातो खबर लेख्छ– खनालको प्रत्यक्ष नेतृत्वमा परिचालित घुमुवा प्रहरीहरु कृष्णदेव (केडी) साह, श्रीविनोद साह र सत्यनारायण मिश्रले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेका थिए । यसबारेमा आयोगले समेत गम्भीर आपत्ति गरेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper