banner
banner

गम्भीर प्रश्नले सटिक उत्तर खोजिरहेछ

दिपेन्द्र सिंखडा -
नेपालको राष्ट्रियता हाम्रा बिर पुर्खाहरुले रगत–पसिना बगाएर निर्माण गरेका हुन् । राजनीतिक विकासक्रम नामको निर्जीव शब्दजाल बिच्छ्याएर नेपालको राष्ट्रियता माथि बलात्कार गर्ने अधिकार सम्राज्यबाद तथा उपनिबेशबादका दलालहरुलाइ छैन  । यी दलाल तथा दलालका सम्राटहरुले नेपालमा  लेन्डुप दोर्जे बन्ने होडबाजीमा नेपाली  राष्ट्रियताको  अस्मिता लुट्ने दुष्प्रयास गरिरहेका छन् ।  नेपालको राष्ट्रियता, धर्म–संस्कृति र  नागरिक सर्बोच्चताको रक्षाको निमित नेपाली जनताले  राष्ट्रियताको राँको बोकेर यी दलाल तथा दलालका सम्राटहरुको समुल नष्ट गर्न अब धेरै ढिलो गर्नु हुँदैन । 
नेपाली राष्ट्रियताको जग, नेपाली परम्परागत रितिरिवाज, धर्म संस्कृत, सद्धभाब तथा मेलमिलापको धरातलमा निर्माण  भएको हो । बास्तबमै हामीले हाम्रो धर्म संस्कृतको बास्तबिकतालाइ अंगिकार गर्ने हो भने नेपालको पाहाड देखि तराई सम्मको बस्ति(बस्तिमा कुनै प्रकारको विभेद छैन । हिन्दु धर्मका कुनै ग्रन्थमा विभेदको गन्ध  छैन ।  पुरातन वैदिक नेपाली समाजमा कोहि कसैको अपमानको शिकार भएका थिएनन, सबैमा समान अधिकार थियो । अहिले देखिएको असहिष्णुुता र बैमनश्यता भनेको त नितान्त राजनीतिक सत्ता लिप्सा बाट प्रेरित भएका सम्राज्यबाद र उपनिबेशबादका दलालहरुको  फुटाऊ र राज गरको तिकडम बाजी राजनीतिक आततायीबादी  हमला मात्र हो ।  सत्य, निष्ठा, इमान्दारिता र कर्तब्यप्राणयताको जगमा निर्माण भएको नेपाली राष्ट्रिय भावना  लाइ अब हामीले नेपालको कुना(कुना सम्म लैजानै पर्छ ।      
सर्बभौम(स्वतन्त्र राष्ट्रको जनताका मौलिक हक अधिकारलाई उच्च सम्मान गर्दै राष्ट्रिय अनुशाशन लाइ मजबुत राख्नु एउटा जिम्मेवार राजनीतिक ब्यबस्थाको दायित्व हुन्छ । राज्यको सर्वमान्य हितमा समर्पित जनताले पत्याएको राष्ट्रिय मान्यता प्राप्त विश्वले चिनेको राजनीतिक व्यबस्थाको मध्यम बाट नै नेपालको सर्बांगीण बिकासको मूल फुटाउन सकिन्छ । यहिनै सनातन बैदिक हिन्दु ग्रनथ वेदबाणी पनि हो, सर्वे भवन्ति सुखिनः सर्वे सन्तुनिरामयाः सर्वे भद्राणी पश्यन्ति मा कश्चद दुःखम् भाग जनः ।
राज्यको शक्ति केन्द्र भनेकै जनता हो भन्ने राष्ट्रिय भावनाबाट च्यूत भएपछि, राज्यलाई विखण्डन समेत गरी आफ्नो निजी स्वार्थ पूरा गर्ने काममा नेता भनौदा हरु लागि पर्दा नेपालको राष्ट्रीयता दिन प्रतिदिन कमजोर बन्दै गइरहेको देख्दा मेरो मन अतिनै रोहिरहेको छ । बास्तबमा राज्य अविभाज्य हुन्छ र जनताको साझा अमूल्य सम्पतिका रुपमा रहन्छ भन्ने कुरा मेरो मन मष्तिस्कले ठानेको छ । बाऊ बाजेको पैतृक सम्पति छोरा नातिलाई टुक्रा(टुक्रा गरी अंशबंडा गरे जसरी अलग(अलग संघीय प्रान्तमा बिभाजन गरिदिनाले नेपाल जस्तो सानो बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक राष्ट्रको राष्ट्रिय एकÞतामा खलल पर्ने त भैगो नै अपितु यसले नेपालको भूराजनीतिक स्वरुपमा समेत संकट पैदा गर्ने छ । जब राष्ट्र कमजोर हुँदै जान्छ, कमजोर राज्यले देश र जनताको रक्षा गर्न सक्दैन, त्यति खेर हाम्रो अदृश्य सत्रुले हाम्रो राष्ट्रको भूपरिबेशको फाइदा उठाउने छन । बलियो र बिशाल राष्ट्रले मात्रा देश, जनता र आफ्नो पनको रीती, रिवाज , एबं धर्म र संस्कृतिको रक्षा गर्दै राष्ट्र, राष्ट्रीयता र नागरिक लाइ सम्मान गर्न सक्दछ भन्ने कुरामा मेरो बिस्वास छ ।
हामी नेपाली माथि अहिले अहिलेको दुराआबस्थाको कारक तत्व अहिलेको नेपालको राजनीतिक दस्तावेज, अहिलेको संबिधान हो । यसलाइ कसरि स्थापित गर्ने भन्ने दिशामा नेपालका मुख्य राजनीतिक दलहरु कम्मर कसेर लागि परिरहेका छन् । नेपालको अहिलेको संबिधान असफल हुने अनगिन्ति कारणहरु त छँदैछन्, तथापि संबिधान छिमेकीद्रोही छ, नेपाली जनताको भावना नबुझ्ने अधर्मी (धर्म–निरपेक्ष) छ र नेपालको भौगोलिक अखण्डतालाइ जीवित राख्न नसक्ने सिंगो नेपाल राष्ट्रको भावना प्रतिकुलको राजनीतिक दस्तावेज भएकाले यो संबिधान खारेज हुने छ । 
नेपालको अयmmगलष्कत आन्दोलन र त्यसले प्राप्त गरेका उपलब्धिलाइ कार्ल माक्सको सिद्धान्त अनुसार द्ययगचनभयष्क मझयअचबअथ भनिन्छ । कार्ल माक्स आज सम्म जीवित रहन्थे र नेपालको अयmmगलष्कत तथा यिनका हर्कतलाइ देख्दथे भने उनले नेपालका कम्युनिष्टलाइ बुर्जुवाहरु को एकीकरण अबश्य भन्ने थिए । इतिहाँसको समय चक्रमा धुलिमाटो भएको कम्युनिष्ट सिद्धान्त अन्तत नेपालमा बुर्जुवा कारणमा परिणत हुँदै समाप्त हुँदैछ  ।  उनीहरुकै सुप्रिमोको कथनमा नै भन्ने हो भने पनि अब नेपालमा कम्युनिष्टहरुको समाप्ति नै भयो । 
दलिय स्वार्थको दलदलमा फसेर नेपाली जनता र भाबी(पुस्ताको भबिष्यलाइ थप अन्धकार तर्फ धकल्ने युगको अन्त हुनु पर्छ । नेपालीहरुको मौलिक धरातलको आधारमा स्थापित शासन प्रणालीले मात्र नेपालीलाइ नेपाली भएर बाँच्ने आधार खडागर्दछ ।
व्यक्ति व्यक्तिमा ठुला(ठुला धनकोष खडा हुँदै जाने परिपाटी भयो भने त्यो देशको शासन सत्तामा भ्रष्टचारीले हाली मुहाली गर्दछन् र कालन्तरमा बाहिरी हस्तछेप राष्ट्रले व्यहोर्नु पर्छ, अनि गरिब  जनता बाँचुन जेल कहिलै शान्तिको सास फेर्न पाँउदैनन् । युबाहरु पेट पाल्नकै मितित्त बिदेशी भूमिमा दास बन्ने परिस्थिति आउँदछ, जसको कारण देशको राष्ट्रिय भावना कम्जोर भई बिदेशी प्रभूत्वले देशमा जरा गाडदछ । हाम्रो देश नेपालमा देखा परेको गम्भीर समस्या यो हो अहिले । जमिनलाइ उपभोग अधिकारमा मात्र सिमित नराखे अहिलेको कहाली लाग्दो धनि–गरिब बिचको खाडलमा नेपालको राष्ट्रियता पुरिने छ र शायदै यसले नेपालको नामै समेत मेटाउन पनि सक्ने छ । तसर्थस्  जमिनलाई उपभोग अधिकारमा सिमित गरियोस जाहाँ निरपेक्ष गरिबीको रेखा मुनि रहेका नेपाली जनताले गरिबीको रेखा पार गर्ने खुड्किला उक्लन सकुन र शिक्षा, स्वस्थको साथै गाँस(बास(कपास को सुनिश्चितता होस् । यो नै हाम्रो देश नेपालको सन्दर्भमा समाजबाद हो । 
नेपालमा बिदेशी लगानी कर्ताहरु यो वा त्यो नाममा नेपालको धर्म संस्कृति र राष्ट्रियता माथि खुलेआम खेलवाड गरि रहेका छन् । पछिल्लो समयमा यो नेपालको राष्ट्रियता माथिको खतराको संकेतको रुपमा देखा परेको छ । अब हामि नेपालीले सोच्नु पर्छ, हाम्रो देश नेपाल भनेर बिश्वमानचित्रमा रहने कि नरहने? हामी नेपालीहरुको प्रमुख चिन्ताको बिषय हो यो । हामि नेपालीका सामु,  हाम्रो राष्ट्रको अस्थित्व रक्षाका निमित्त हिन्दु धर्मलाइ आत्म साथ गर्दै, यो देशको रक्षाको निमित्त संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र हुनु पर्छ, जसले नेपालको संसदीय व्यवस्थालाइ सम्पूर्ण अधिकार प्रत्याभूत गरोस ।
हाम्रो देश नेपालको रक्षाको निमित्त राजसंस्थाको आबश्यकता छ । यो राष्ट्र नेपाल धर्तीमाताको रक्षाको निमित्त राजतन्त्रको आबश्यकता छ । इतिहासको कालखण्डमा जब यो देशलाइ ईसाइहरुले डस्न बिषालु फणा उचालदै थिए त्यसबाट यो नेपाल राष्ट्रलाई जोगाउन पृथ्बीनारायण शाहको जन्म भयो । अहिले पनि हाम्रो राष्ट्रलाइ बाहिरिय आक्रमणबाट बचाइ सिंगो नेपाल राष्ट्रको अस्थित्व रक्षाको निमित्त राजा र प्रजा बिचको भावनात्मक सम्बन्ध स्थापित हुनुपर्छ, त्यसको पुलको काम नेपालका राजनीतिक पार्टीले गर्नु पर्छ ।
नेपालमा हिन्दु संस्कृति मासेमा भारत र चीनको बीचमा षड्यन्त्र गर्न सजिलो हुन्छ भनि बुझेको पश्चिमा क्रिश्चियनहरुले नेपालका राजनीतिक दलका नेताहरु, बिभिन्न नाम गरेका नागरिक समाजका अगुवाहरुलाइ र बिभिन्न जनबर्गिय संगठनका  अगुवाहरुलाइ किन्न अरबौ(अरब डलर खर्च गरिरहेका छन् । यसैको कारण नेपालमा धनि र गरिब बिचको दुरी काहालीलाग्दो गरी बढेको छ  ।  पछिल्लो समयमा जग्गा जमिनको भाउ बढ्दै जमिन किन्नु सामान्य नागरिकका लागि पँउच बाहिरको बिषय बनेको छ र यसले नेपालमा गरिबीको संख्या बृद्धि गर्दै लगेको छ, जुन ठाउमा गरिबी बढी हुन्छ त्यो ठाउँमा धर्म परिबर्तन गराउन सजिलो हुन्छ । 
संसारमा मानब जातीको पहिलो र सुरुवाती सभ्यता भनेको हिन्दु सभ्यता हो, हिन्दु धर्म हो, नेपाल हिन्दु धर्म दिन्दुधर्मालम्बीहरुको उद्गम स्थल हो, तसर्थ यसको मूल जरो मास्नको निमित्त क्रिश्चियनहरु लागि परेका छन् । त्यसैको प्रभावबाट उत्प्रेरित भएर नेपालका राजनीतिक दलका नेताहरु नेपाललाई धर्म(निरपेक्ष बनाउन लागि परेका छन् ।  हामी राष्ट्रप्रेमी नेपालीले यो कदापी हुन् दिनु हुँदैन । अहिले बिश्वको द्वन्द्ध भनेको पूर्वीय दर्शन र पाश्चात्य दर्शन बीचको द्वन्द्ध हो  ।  नेपाल पूर्वीय दर्शन (हिन्दु दर्शन ) को मूल थलो हो  । मूल थलोमा गडबडी नमच्चाई कन एशियामा उपद्रोह गर्न सकिंदैन भन्ने मान्यताका आधारमा नेपाल माथि अहिले आक्रमण भइरहेको छ । 
नेपाललाई दुई ढुंगा बीचको  तरुल भन्नुको कारण बिश्वमा दुई फरक शब्यता  (हिन्दु र क्रिश्चियन) बीचको द्वन्द्ध चल्दा नेपालले पुर्बियदर्शन हिन्दुत्त्वको  नेतृत्व गर्यो र पश्चिमा शब्यता क्रिश्चियनको नेतृत्व ब्रिटिशले गर्यो । क्रिश्चियन सभ्यताको नेतृत्व गर्ने बृटिश साम्राज्यबादले एशिया माहादिपमा आफ्नो अधिपत्य कायम गर्न सर्ब प्रथम पुर्बिय दर्शन (हिन्दुत्व) लाई खरानी बनाउन चाहान्थ्यो । एशियाली माहादिपमा उत्पन्न यो संकटबाट एशियालाइ बचाउन गोरखनाथ (भगवान शिव) को कृपा(प्रसाद ग्रहण गर्नु भएका पृथ्बीनारायण शाहलाइ दक्षिण एशियाका सबै राजा(रजौटाहरुको साथ र सहयोग थियो । त्यो सकस पूर्ण संकटको घडीमा यो बिशाल एशिया माहादिपलाइ  नेपालको भूमिमा (हिन्दु सभ्यताको जननी) टेकेर  पृथ्बीनारायण शाहले संरक्षण गर्नु भयो । तसर्थ यो देशलाइ पृथ्बीनारायण शाहले दुई ढुंगा (दुई फरक सभ्यता) बीचको तरुल भन्नु भयो, एशिया माहादिप र हिन्दु धर्म जोगाउन ठूलो संघर्ष गर्नु भयो ।  नेपाल दुई ढुंगा बीचको तरुल भन्नुको मतलब दुई ठुला शक्ति राष्ट्रको सेप होइन । पौराणिक काल देखिनै नेपालको आफ्ना छिमेकीसँग हार्दिकतापूर्ण भाइचाराको सम्बन्ध छ, यो अकाट्य र अटल छ । पुरातन काल देखिनै नेपाल स्वतन्त्र सर्वभौम हिन्दु अधिराज्य हो, यो देशले हिन्दु(सभ्यताको अनुशरण गरेर प्रजापालन गर्दथ्यो । राजनीतिको मूल सिद्धान्त धर्मबाट निसृत भएर आएको हुन्छ र सोहिको आधारमा राजनीतिक सुब्यबस्था कायम राखी प्रजापालन गरिन्छ । प्रजातान्त्रिक परिपाटीको राजनीतिक ब्यबस्था हिन्दु धर्मबाट निसृत भएर आएको हो । हिन्दु प्रजातान्त्रिक सभ्यताले यो चराचर जगतमा सबैको कल्याण चाहन्छ, तसर्थ यसको मूल मर्म स्थलमा प्रहार नगरीकन साम्राज्यबादी पश्चिमा शक्ति अगाडी बढ्न सक्दैन, त्यसैको कोपभाजनमा नेपाल परापुर्व काल देखि पर्दै आएको छ । 
हाम्रा छिमेकी राष्ट्रले हाम्रो देशलाइ साथमा लिएर अगाडी बढ्नु पर्छ सिंगो एशियाली इज्यतको लागि । यहि सत्यताको आधारमा रहेर चीनका माओले र नेपालका विश्वेश्वर प्रसाद कोइरालाले राजा रहेन भने नेपाल भन्ने देश रहँदैन भन्नु भयो । विश्वेश्वर प्रसाद कोइराला नेपालको एक दुरदर्शी नेता हुनुहुन्थ्यो, आफ्नो माटोको मायाले भन्नु भयो तथापी चीनको माओले भन्नुको पछाडी यही ऐतिहाँसिक घटना क्रम छ, जुन नेपालका पृथ्बीनारायण शाहको कारण आजको त्यो बिशाल चीन र स्वतन्त्र बिशाल भारत भएर रहन सकेको छ । नेपालको माटो हावा(पानी, भूगोल, धर्म(संस्कृति, रितिरिवाज अनुकुलको राजनीतिक सिद्धान्त स्वतन्त्र अखण्ड नेपाल, राष्ट्रियता, प्रजातन्त्र, समाजबाद, संबैधानिक राजतन्त्र, वाकस्वतन्त्रता, असंलग्न परराष्ट्र मामिला, धर्म स्वतन्त्र हिन्दु अधिराज्य लाई नै हामीले  नेपाल अनुकुलको राजनीतिक सिद्धान्त मान्नु पर्दछ ।  
‘राष्ट्रियता, प्रजातन्त्र र समाजबाद’ लाइ मात्र मूल राजनीतिक सिद्धान्त मान्दा अन्य राष्ट्रिय गौरवसंग गाँसिएका बिषय छुटी नेपालको राजनीतिमा अस्थिरता र बाहिरी हस्तक्षेप बढ्ने हुँदा अव उप्रान्त ऐतिहाँसिक विरासत बोकेको राजसंस्थालाइ संबैधानिक राजतन्त्रको रुपमा मूल राजनीतिक सिद्धान्तमा नै समाबेश गर्न सके राजनीतिक सिद्धान्तले पूर्णता प्राप्त गर्दछ  । 
 हाम्रो प्यारो नेपाल देश, हाम्रो भूगोल सुरक्षित र अखण्ड राख्नको निमित स्वतन्त्र अखण्ड नेपाल लाई मूल सिद्धान्त मान्नु पर्छ ।
 नेपाली नागरिकको जन्मशिद्ध वाकस्वतन्त्रता लाई  मूल राजनीतिक सिद्धान्तमा समेटिनु पर्छ ।
नेपाल सनातन काल देखिनै बहुजाति, बहुभाषिक, बहुधार्मिक राष्ट्र भएकोले “धर्म स्वतन्त्र हिन्दु अधिराज्य“ लाइ मूल राजनीतिक सिद्धान्त मान्दै, राष्ट्रिय एकता माहान अभियानमा पृथ्बीनारायणले अंगिकार गरि बक्सेका कुरालाइ जोडदार रुपमा अगाडी ल्याउने प्रयास गर्नु पर्छ । 
नेपालको राजनीतिक घटना क्रममा बाहिरी हस्तक्षेप नै सधन रुपमा देखिएको छ । १९०३ , २००७, २०१७, २०४६,२०५२, २०५८, २०५९, २०६३  प्रत्येक राजनीतिक घटना क्रममा बिदेशी शक्ति केन्द्रले आफ्नो हैकम जमाउदै आफु अनुकुलको  व्यक्तिलाइ  रानीतिक सत्तामा पुर्याउन लगानी गर्दै आएको छ । नेपालको राजनीतिक सत्ता परिवर्तनमा नेपालीहरुले आफ्नो बिबेक प्रयोग गर्न पाएको मैले महशुस गर्न सकेको छैन । हाम्रो चाहना हामी नेपालीले नै हाम्रो आफ्नो भाग्य रेखा कोर्न पाइयोस भन्ने नै हो । अब उप्रान्त नेपालको राजनीति नेपाली जनताको सहभागितामा आधारित राष्ट्रिय एकताको बलमा स्थापित होस् भन्ने  उदेश्यको  साथ  हामीले राष्ट्रिय एकता माहाअभियान शुरु गर्नु पर्दछ । सबै नेपालीहरुले राष्ट्रिय  झण्डा बोकेर अभियानलाई सहयोग गरेमा हाम्रो राष्ट्र छिटै बिदेशी हस्तक्षेपबाट मुक्त  हुनेछ । राष्ट्रबादी अभियानले नेपालको हावा(पानी, माटो धर्म संस्कृति, भूगोल र राजनीतिक ऐतिहाँसिक घटनाक्रमको अनुकुलित राजनीतिक ब्यबस्थालाइ नेपालीको आफ्नै बिबेकमा स्थापित गर्ने संकल्प लिनु पर्छ । राष्ट्रबादी माहाअभियानले सनातन वैदिक हिन्दु धर्मले निर्दिष्ट गरेको स्वतन्त्र अखण्ड नेपाल, राष्ट्रियता, प्रजातन्त्र, समाजबाद, संबबैधानिक राजतन्त्र, वाक्स्वतन्त्रता, असंलग्न परराष्ट्र मामिला, धर्म स्वतन्त्र हिन्दु अधिराज्य लाई नेपालको मूल राजनीतिक सिद्धान्तको रुपमा स्थापित गर्ने उदेश्य लिनुपर्छ  । यसै बाटोबाट अगाडी बढेमा हामी नेपालीले हाम्रो आफ्नो अस्तित्व चन्द्र(सुर्य र पृथ्बी रहेसम्म जोगाउन सक्दछौ । 
म पूर्ण रुपले भगवानमा विश्वास राख्दछु, सबै प्राणी भगवानको अंशअवतार भएको हुँदा बिनाकारण जीवको उत्पति भएको छैन । सवैले आ(आफ्नो कर्म पुरा गरि देह त्यागी परब्रह्मा प्रमात्ममा लिन हुनैपर्छ । तसर्थस् मलाइ कसैको काम कर्तब्य प्रति के कस्तो भनि टिप्पणी गर्ने जरुरत छैन, त्यसको सक्षि स्वयं भगवान हुनुहुन्छ । म त आफ्नो हृदयको हरिले देखाएको बाटो हिड्ने, अध्यान अनुसन्धान गर्ने, शारीरिक वा मानसिक श्रम गरि जीविकोपार्जन गर्ने र जीवन भोगाइका अनुभवलाई समाज कल्याणमा सुम्पने नै हो । त्यसलाई ग्रहण गर्ने नगर्ने जिम्मा समाजको हो । राष्ट्रिय एकता अभियानमा मेरो आफ्नो मत यिनै भावनाका आधारमा प्रस्तुत गर्ने हो, कसरि बुझ्ने त्यो समाजको कुरा हो मेरो हैन । समाजले पत्यायन भने नै पनि मैले हतोत्सायी हुनु पर्ने छैन । जीवन भोगाइको  अनुभव असफलता बाट पनि  वास्तविकतासंग तादाम्य मिलाउनु हो । माहाभारतका महर्षि बिदुरले सर्व्हित सुत्र धृतराष्टको दरबारमा प्रस्तुत गर्दा सफल भएनन् तर आजको युगमा बिदुर नीति मानब कल्याणको सेतुबन्ध हो, तसर्थस् सफलताले मात्रा मानिसको अनुभव बढाउँदैन असफलताले पनि बढाउछ । आउनु होस् सफलता र असफलताको भुमरी बाट अमृत निकाली राष्ट्रको स्वाभिमानलाइ उच्च राख्ने माहाअभियानमा सहभागी बनौं ।
जय स्वाभिमान 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper