banner
banner

उद्योग वाणिज्य महासंघमा चर्को राजनीति

काठमाडौं । साधारणसभा हुन नसकेर स्वतः अध्यक्ष हुनुपर्ने शेखर गोल्छ कोरोना महामारीलाई सरापेर बसिरहेका छन् भने कामचलाउ अध्यक्ष रहेकी भवानी राणाले पशुपति मुरारका र चण्डी ढकालको इसारामा चलेर षडयन्त्रमूलक राजनीति सुरु गरेकी छिन् । कोरोनाको महामारीलाई कसरी लाभ उठाउन सकिन्छ भन्ने सोचेकाहरुका लागि महाविपत आँखा चिठ्ठा बन्न थालेको छ । हुन त स्वतः अध्यक्ष हुने प्रावधानलाई टेकेर शेखर गोल्छालाई पद हस्तान्तरण गर्न सकिन्थ्यो, राणाले गरिनन् ।
नैतिकता उद्योग, वाणिज्य क्षेत्रमा पनि समाप्त भएको छ । महासंघका पूर्वअध्यक्षहरु कुनै पनि निर्णय गर्न सकिन्न भनिरहेका बेलामा कामचलाउ बनेर बसिरहेकी भवानी राणा जुनसुकै निर्णय र आदेश दिइरहेकी छिन् । चैत २८ मा हुनुपर्ने निर्धारित साधारणसभालाई लकडाउनले रोकेकोले भवानी राणा अझै महासंघलाई कमाउने थलोको रुपमा उपयोग गरिरहेकोले यो नैतिकहीनता हो भन्ने आरोप छ पूर्व अध्यक्षहरुको । 
यस्तो विषम स्थितिमा भवानी राणाले पद हस्तान्तरण गरे हुन्थ्यो, नगरे हुनेवाला अध्यक्ष शेखर गोल्छासँग सल्लाह गरेर निर्णय गर्न सक्थिन् । मनपरी निर्णय थालेकाले दुई अध्यक्षवीच ठूलै रडाको मच्चिएको अवस्था छ ।
भवानी राणाले गरेको पछिल्लो निर्णयानुसार सार्क उद्योग बाणिज्य संघ (एसआइसी) को दोस्रो कार्यकालका लागि महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकाललाई उपाध्यक्षमा मनोनित गरेकी छिन् । यो निर्णयलाई पूर्वअध्यक्ष र पदाधिकारीहरुवीच नै कसरी वैधानिकता हुनसक्छ भन्ने गम्भीर विवाद सुरु भएको छ । पहिले पनि यस पदमा प्रदीपकुमार श्रेष्ठ मनोनयन भएका थिए, पछि सुरज बैद्यलाई गरियो । अव जेठ ७ गते हुने साधारण सभामा यही विषयले ठूलै मतभेद हुनसक्छ । यो मुद्दामा भवानी राणाको १२ बजाइन्छ भन्दैछन् केही पदाधिकारी र पूर्वअध्यक्षहरु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper