banner
banner

युनियनहरु कता हराए होलान् ?

काठमाडौं । पसिना बगाएर खाने मजदुर र श्रमिक बर्ग साह्रै संकटमा छन् । यो बर्ग राजधानी र देशका विभिन्न भागबाट आ–आफ्ना घर जान हजारौं किलोमिटर पैदल यात्रा तय गरिरहेका छन् । कसैले दुई गाँस खाना र पानीसम्म सोधेन ? भनेर लालाबाला, पोकापन्तरा च्यापेर भोकभोकै हिँडेका श्रमिक बर्ग आँसु खसालिरहेका छन् । यी बर्गबाट व्यापक रुपमा लेवी उठाउने, तिनलाई भोट वैंकका रुपमा संगठित पार्ने जिफन्टलगायतका टे«ड युनियनहरु कता हराए होलान् ?
मजदुर, किसान, सहकारी संगठनहरु टाउको लुकाएर भागेका छन् । जब मजदुर र किसानका लागि यस्ता संगठनहरुको आवश्यकता परेको छ, यतिबेला तिनले साथ दिएनन् भने यी मजदुर किसानले मात्र पार्टीका भातृ संगठनहरुलाई पैसा दिएर, सदस्यता लिएर, भोट बैंक किन बनिरहने ? विष्णु रिमाललगायतका मजदुर नेता सिंहदरवारमा छन्, झण्डा हल्लाएर सत्तासुख भोगिरहेका छन्, तर मजदुर र किसान नाङ्गो खुट्टा सडक नापिरहेका छन् । यी भोकानाङ्गा मजदुर किसानको लागि अहिले केही नगर्नेहरुलाई भुइँमान्छेले देखाउने दिन पनि त आउला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper