banner
banner

प्रधानमन्त्री आक्रोश पोख्न पो बोलेछन्

काठमाडौं । सरकारी सञ्चारमाध्यमलाई फर्मान जारी गरेर प्रधानमन्त्रीले के के न बोल्लान्, देशवासीको समस्या र कोरोनासँगको युद्ध लड्ने विषयमा संवोधन गर्लान् भनेको त, मलाई पैसा कमाउनु छैन, मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु भन्न पो रहेछ । यति भनिसकेपछि भ्रष्टाचार छोप्ने र भ्रष्टाचारीलाई संरक्षण किन दिएको, छानबिन किन नगराएको भन्न सकेनन् ।
प्रधानमन्त्रीले वितरित प्रश्नको उत्तर दिदै भनेका छन्– कोरोना भाइरस मानव जातिले भोगेको गम्भीर समस्या हो, यो महामारीले सिङ्गो विश्वलाई लपेटेको छ ।  आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले नेपालमा यस महामारीले विशाल रूप लिनसकेको छैन । हामीले बन्दाबन्दी जारी ग¥यौँ । संक्रमितमध्ये एक जनाबाहेक सबै विदेशबाट नेपाल आउँदा संक्रमित भएको देखिएको छ । अहिले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको छ ।
लकडाउन जरुरी थियो । यस महामारीले नेपालमा विकराल रूप लिन नसकोस् भनेर लकडाउन गरिएको हो । जनतामा स्वास्थ्यसम्बन्धी सचेतना गराएका छौँ । सीमानाकालाई कडाइ गरेका छौँ । लुकीछिपी प्रवेश गर्नेलाई पनि हामीले कडाइ गरेका छौँ । अब लुकेर बस्ने प्रवृत्ति पनि मानिसहरुमा भएका कारण सम्भावित संक्रमितलाई खोजेर परीक्षण गरी उपचार गराउनुपर्ने भएकाले त्यस्तो पनि गरिरहेका छौं ।
सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा कुरा छैन अहिले । नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान केन्द्रीत छ । मानिस बाँचेमा अर्थतन्त्र उठाउन सकिन्छ । लकडाउन भाइरस नबढोस् भनेर रोक्ने एउटा प्रभावकारी विधि हो । हामीले सामाजिक दूरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । लकडाउन गरेर जनतालाई बचाउने प्रयत्न हो, जनतालाई दुःख दिएको होइन ।
महामारीलाई रोक्ने विषयलाई राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर नहेरौं । लकडाउन खुकुलो होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । भयको अन्त हुनुपर्छ ।
मैले पटक–पटक भनेको छु, म भ्रष्टाचार गर्दिनँ र हुन दिन्न भनेर । मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु । मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो । मलाई पैसा कमाउनु छैन । भ्रष्टाचारका मुद्दालाई यो 
सरकारले छानबिन र कारवाही गरेको छ, सुशासन लामो यात्रा हो । अहिले सरकारले पहिलेको जस्तो खरिद बिक्रीको कारोवार गर्दैन । स्वास्थ्य सामग्रीसम्बन्धी त्यो सम्झौता रद्द भयो, जमानत जफत भयो र कालोसूचीमा राखियो, अनियमितता गर्नेलाई कारवाही हुन्छ ।
प्रधानमन्त्रीले यसरी आफ्ना कुरा राखे, सरकार पारदर्शी रुपमा चलेको पनि बताए तर भ्रष्टाचार आफैले छानबिन गर्ने कि छानबिन गर्ने निकाय पनि छ, तिनीहरुले छानबिन गर्नुपर्छ पनि भन्ने ? आमनागरिकमा प्रधानमन्त्री भ्रष्टाचार रोक्ने होइन, छोप्ने र लुकाउने, प्रेरणा दिने र संरक्षण गर्ने शक्तिका रुपमा बदनाम भइरहेका छन् । कुनै पनि असामाजिक कार्य होस् कि भ्रष्टाचार, प्रधानमन्त्रीले आफ्नो पालामा नभएको भनेर पन्छिन मिल्दैन । आफ्नै पालामा भएका भ्रष्टाचारमा पनि दोषी कोही छैन भनेर टकटकिनु भनेको कूशासन नै हो । सुशासन दिनेले सुशासनका प्राथमिक सिद्धान्तहरु पालना गरेको हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper