banner
banner

बाच्ने कि कोरोना भगाउने

देवी काफ्ले- 
आमा म घर आउँदै छु । बुहारीलाई र हजुरका नातिनातिनिहरुलाई भन्नू है । अस्ति मात्रै  छोराको फोन आएको थियो । आमा खुशी श्रीमती खुशी लालाबाला त अँंखा नै बाटोमा बिच्छ्याएर त्यसै गद्गद् ।
आमा हाम्रो बाबाले ल्याइदिएको जाज त म बिमलेलाइ दिदै दिन्न । मैले पनि बाबाले ल्याइदेको गुडिया पारुलाई खेल्नै दिन्न । अनिबाबाले ल्याइदेको चकलेट त सबैलाई बाँड्नु पर्छ नी । आँगनमा गफिंदै परदेशी बाबुको बाटो पर्खेका छोराछोरीलाई हेरेर उनीहरुकी आमा गौमाया कल्पनाको संसारमा डुबिरहेकि थिइन् । मानौं उनी अहिले धर्तिमा हैन कल्पनाको संसारमा पतिको प्रेमिल आलिंगनमा बांधिएकी छे ।
छोरो परदेशबाट घर आउँदै छ । बिचरा आजसम्म कस्तो खायो ? के खायो ? दुब्लो होला ? मैले पकाएको नखाको धेरै भैसक्यो, अनेक गन्थन एक्लै बरबराउँदै आमा भान्छामा रुमल्लिरहेकी थिईन् ।
टिभिमा समाचार आयो कोरोनाको महामारीले चीनमा हजारौं मान्छे मरिसके । सर्दै सर्दै ईटाली, स्पेनमा मान्छे ढलेका ढलेई छन् । दुवई, कतार, साउदीमा पनि संक्रमण फैलियो । यो महामारीबाट बच्न सबै घर भित्रै बस्नु पर्ने छ । अमेरिकाका राष्ट्रपतिले हामी कोरोनासँग डराउन जन्मेको होइन कोरोना हामीसँग डराउनु पर्छ भनेर घमण्ड गरे । फलत आगो सरि अमेरिकामा कोरोना फैलियो । अब नेपालले पनि सावधानी अपनाउनु पर्छ भनेर न्युज अपडेट भै रहेको थियो ।
अन्ततः सन्तोष त्रिभुवन अन्तर्र्रािष्ट्रय बिमानस्थलमा अवतरण भयो । खुशिको सिमा थिएन । तर दुर्भाग्य कोरोना त नेपाल आईसकेको थियो । फेरि समाचार आईरहेको थियो (ईटालीमा दैनिक हजार भन्दा बढिको ज्यान गयो साबधान ! पाकिस्तानमा,भारतमा बढ्दै छ । अब बिदेशबाट आउनेहरु सबै सेल्फ क्वारेन्टाइन अबस्य बस्नु पर्छ । उता भारतबाट हजारौंको संख्यामा नेपालका विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका समाचार, सिमा नजिकै राखिएका क्वारेन्टाइनबाट स्वास्थ्यकर्मी कुटेर गाउँ प्रवेश गरेका अनेक समाचार आईरहेकै थिए । उता सन्तोष घर पुग्न छट्पटाई रहेको थियो भने उता आमा, श्रीमती  अनि छोराछोरी त आँखा नै बाटोमा बिछ्याईरहेका थिए । कहिले आउँछन् भनेर ।
कसलाई हुँदैन र घरमा परिवार संगसंगै बस्ने चाहना ? यसैबेला सन्तोषलाई घरनजिक पुग्ने बेलामा निष्पट ज्वरो आयो । आकाश कालो बादलले ढाक्यो । रिंगटा लाग्यो । ऊ मेडिकलमा गयो औषधि खायो तर ज्वरो बीसको उन्नाईस भएन । संसारभर कोरोनाको त्रासदी आखिर सन्तोष पनि कोरोना अस्पताल गयो । उसको नजिक कोही जान चाहँदैनथे । आखिर मृत्युको भय थियो सबैलाई ।
मेडिकलवालाका अनुसार उसलाई टाईफाइड थियो । तर पापी कोरोनाको डरले कसैले छुनै चाहेनन् । ऊ एक्लै अस्पताल जान बाध्य भयो । न आमा न श्रीमती न छोराछोरी फगत एक्लै मृत्युसंग लड्दै थियो । सुरक्षित साधनका कमीले स्वास्थ्यकर्मी पनि उसलाई छुन डराईरहेका थिए । थाहा थिएन कि उसलाई कोरोना लाग्यो या अरु नै रोग हो । शंकैशंका, चिन्तैचिन्ताले उ गल्दै गयो । गल्दै गयो  । परिवारसँग फोनमा मात्रै  कुरा हुन्थ्यो । कस्तो बिडम्वना परदेशीएको बर्षौंपछि परिवारसँग बस्ने मीठो सपना बोकेर स्वदेश फर्केको सन्तोषले शंकैशंकामा बिना उपचार हेलत्वको भावनाका बिच अन्ततः संसार त्याग्यो । बिडम्बना ।
बिडम्वना त यो भयो कि उसले मृत्यु पश्चात् पनि परिवारको सामिप्यता पाएन । हिजोसम्म उसको आलिंगनमा बांधिन तड्पिने श्रीमती आज उसको लासलाई टाढाबाट नियाल्दै थिईन् । काखमा खेल्न लालायित सन्तान परैबाट हेरेर तिर्सना मेटिरहेका थिए । छोराको शिर सुमसुम्याउन उठेका हात निर्जीव जस्तै बनेका थिए । मृत्यु पर्यन्त पनि कोही उसको नजिक जान या उसको भौतिक शरीर नष्ट गर्ने हिम्मत गरेका थिएनन् । दिन बित्यो हप्ता बित्यो, सन्तोषको शरीर मुर्दाघरमा लडिरह्यो । यै रोगका कारण मृत्यु भयो भन्ने भयो भन्ने पुष्टि नहुँदा उसको निष्प्राण शरिरलाई मुक्ति पाउन पनि लामो समय लाग्यो । उसको मृत्युमा समस्त मानवजाति नै निरीह बन्यो । यस्तो मृत्यु त कसैलाइ नलेख हे दैव । सन्तोषलाई कोरोना त लाग्यो लागेन थाहा भएन तर हामी सबैको मनमा चाहिँ कोरोनाले बाँस गरेछ क्यार !
अझ यस्ता मृत्यु कति हुने हुन् थाहा छैन  । औषधि होला नहोला कारखानामा तर हामीसँग भने एउटा अचुक औषधि छ त्यो हो दुरी कायम गर्नु र घरभित्रै  बस्नु । आखिर यो अत्याचारी रोगको कारण मर्नु भन्दा केही दिन घरभित्रै बसेर आटोपिठो जे छ खाएर निर्वाह गरि यो शत्रु भगाऔं न त । ताकि सन्तोषको जस्तो पिडादायी मृत्यु कसैको नहोस् । यो समय कोरोनासँग लड्ने र युद्ध जित्ने समय हो । मानव सभ्यता बचाउने समय हो ।
नयाँंबर्षमा कोरोनासँग लड्ने र यसलाई जित्ने शक्ति र बल प्राप्त होस् । सबैमा शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper