banner
banner

भारतमा नेपाली भोकभोकै मर्ने भए

काठमाडौं । भारतमा मजदुरी गर्न गएका युवाहरु कोरोनाले होइन, भोकले मर्ने भइयो भनिरहेका छन् । प्रवासी नेपाली संघदेखि उनीहरु गुहार लगाइरहेका छन् । दिल्लीस्थित दूतावासले श्रमिकको फोन उठाउन छाडेको छ ।
भारतका विभिन्न प्रान्तमा मजदुरहरु लकडाउनका कारण अलपत्र परेका छन् । नेपाल र भारत दुवैतिर कोरोना भाइरस फैलिनबाट रोक्नका लागि लकडाउन गरिएको छ । यहीकारणले गर्दा मजदुर बर्ग कामविहीन हुनपुगेका हुन् । कसले एकछाक खान देला भनेर ढुकेर बस्ने स्थितिमा छन् । भन्नलाई प्रधानमन्त्री स्तरमा दुबै मुलुकको सीमा बन्द गर्ने, दुवैतिर रहेका आआफ्ना नागरिकलाई क्वारेन्टाइनमा राखेर खानपान दिने सहमति भए पनि भारतमा हजारौं नेपाली मजदुरहरु अलपत्र परेका हुन् ।
लकडाउन हुनुपहिले कमाएको पैसा सकियो, अव खान र सुत्न पनि नसकिने भइयो भनेर रोइरहेका छन् । लकडाउन अझै बढ्ने कुराले उनीहरु आत्तिन थालेका छन् । मजदुरहरुले टेलिफोन, ह्वाट्स एप, फेसबुकलगायत सामाजिक संजालमार्फत गुहार माग्दा समेत नेपाल सरकारले तिनको उद्धारका लागि केही सोचेको खबर छैन । भारतमा आधारकार्डलाई प्राथमिकता दिएर नेपालीलाई बिभेद गरिएकाले पनि उनीहरु आपतमा परेका हुन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper