banner
banner

कतै राजीनामा, कतै प्रदर्शन

काठमाडौं । टर्कीका शासकले कोरोनाबाट तर्सिएर राजीनामा दिएका छन् । लड्ने र कोरोनालाई हराउने बेलामा उनको मानसिकतालाई कोरोनाले हराइदिएपछि प्रतिक्रिया आएको छ– शासकहरु पन्छिन थाले ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सार्वजनिक प्रतिक्रिया दिएका छन्– चिकित्सकहरुको ऋणी छु । जोन्सन कोरोनाबाट ग्रसित थिए, अव उनी खतरामुक्त भएको बताइएको छ ।
कोरोना नियन्त्रणमा सफलता मिलोस् भनेर नेपालका शासक र राजनीतिकर्मीहरु पन्छिएका छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उत्साह दिनुपर्ने दायित्व भएकाहरुको यो पन्छिने चाला समाजमा आलोच्य बनेको छ । राजनीति र शासक बर्गले जनतालाई चेतना छर्दै, स्वास्थ्य र सुरक्षाकर्मीलाई हौसला दिन सकेनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper