banner
banner

नेकपाका कार्यकर्तँfहरु घनघोर चिन्तामा

काठमाडौं । गोरखा एक्सप्रेस पत्रिकाका सहयोगी तथा नेकपाका होनहार कार्यकर्ताले भनेका छन्– विष मिसिएको अमृत र अराजकता मिसिएको लोकतन्त्रमा भिन्नता छैन । कुरुप संघियता, टुप्पीमा ढाडीहरु, कपालमा लिखा–जम्राहरु, कोखाकाखी चम्राहरु, छ्याप्छ्याप्ति परजिविको राज छ, रक्तशून्य हाड छाला प्राणले गर्ने गुहारमात्र हो । सरकारका अपान वायुमा पनि सुगन्ध बखान गरेर मन्त्रि परिषदलाई नाङ्गो दौडाउने र सरकारका सुकर्ममा पनि दुष्कर्म देख्नेले कम्युनिष्ट नेकपालाई डुबाउने भए ।
यसमा प्रधानमन्त्रीका सहयोगी, सल्लाहकारदेखि पार्टी हाँक्नेहरुसमेत संलग्न छन् । एकदोस्रालाई छिर्की लगाएर लडाउँदा पार्टी लड्छ, अन्ततः आफै लडिन्छ भनेर यिनलाई हेक्का भएको देखिदैन । भीरबाट खस्नेलाई राम राम....।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper