banner
banner

स्वास्थ्यमन्त्री मानसिक, प्रधानमन्त्री शारीरिक अस्वस्थ

भान्छेले खोल नलाई भात पकाउन मानेन भन्ने हाम्रा स्वास्थ्यमन्त्री छन् अनि डाक्टरले सुरक्षित डे«ेस माँगे त के बिराए ? पीपीई र अरु मेडिकल सामानहरु मन्त्रीले चीनसँग होइन, चीनको सिचुवान प्रान्तमा सामानको सूची पठाएछन् । चीन सोधिरहेछ के के चाहियो ? स्वास्थ्यमन्त्री ११ गते टेण्डर गर्छन्, १२ गते ३ बजेट समय सकिएपछ िटेण्डर खोल्छन्, साँढे ४ बजे पत्रकार सम्मेलन गर्छन् । पहिले नै चीनका ठेकेदारसँग मिलाएको कमिशनको भित्री कुरो लिक भएपछि टेण्डर रद्द गर्छन् र भन्छन्– चाहिने सामान आउँदैछ । कति मिलियनको कमिशनको डिल थियो यो ? यद्यपि सामान आज राति वा भोलि नै आउँदैछ ।
मानव सभ्यता नै नास हुने महामारीमा पनि सर्पलाई भ्यागुताकै र सर्पको मुखमा परिसकेको भ्यागुतालाई मुखैमा आएको चारोको चिन्ता ? संवेदनहीनताको पराकाष्ठा ।
यी मन्त्री भन्छन्– के हो पीपीई थाहा छैन । अर्को बजेटमा रोकथामका लागि बजेट छुट्याउँछौं भन्ने स्वास्थ्य सचिव । ओली सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउला कि नेपाललाई चिहान ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper