banner
banner

विश्वचर्चित कलाकार चार्ली

मिलन आफन्त -
विश्व चर्चित कलाकारः चार्ली च्याप्लिनको जन्म वेलायतको लण्डनमा मिति १६ अप्रिल १८८९ मा भएको थियो । उनका अभिवावकहरु अत्यन्त गरिब थिए  । तसर्थ उनको बालकाल अत्यन्त गरिबीमा बित्यो । उनको बाबु चाल्र्स च्याप्लिन अत्यन्त जड्याहा थिए, त्यसैले ३७ वर्षको उमेरमा नै उनले संसार छाडे । त्यसपछि उनको पालन पोषणको जिम्मा आमामा आइपर्यो । उनको परिवार अत्यन्तै गरिब भएकोले आमाले घरका सानतिना सामानहरुको साथै लत्ता कपडा समेत बेचेर चार्लीलाई पालेकी थिइन् । उनकी आमाले सन्तानको लागि कवाडी कहाँ स्टोभ बेचेर पाएको पैसाले खाना खुवाउन पनि पछि परिनन् । यसरी चार्लीको बालक जीवन अत्यन्तै दुःखदायी र गरिबीको रेखाभित्र बित्यो । चार्लीले २–३ वर्षको उमेरदेखि लण्डनका सडकमा नाचेर , गाएर , अभिनय गरेर , क्यारिकेचर गरेर आएको पैसाले आफ्नो पेट पाल्न थाले । उनी लण्डनका गल्ली गल्लीमा दर्शक हँसाउन पछि परेनन् । 
चार्लीको अध्ययन जीवन पनि सन्तोष प्रद रहेको । उनले राम्ररी अध्ययन गर्ने अवसर पाएनन् । बिरामी र रोगले ग्रस्त आमाले उनलाई पढाउन सकिनन् । पटकपटक अनाथालय र अनाथहरुको स्कुलमा भर्ना हुनु पर्यो । उनको स्कुल जीवन करीब दुई वर्षको मात्र रह्यो, त्यो पनि २–३ वटा स्कुलका सम्पूर्ण दिनहरु जोड्दा । सन् १८९८ मा सधैँको लागि स्कुल छोडे । यसरी उनी विद्यालयको शिक्षा लिनबाट बन्चित भए । पढाइमा अत्यन्तै लगाव भएपनि बुवा नभएको र आमा पनि बिरामी परेकोले अनाथ बालक चार्लीले पढ्ने मौका नै पाएनन् । उनको पढाईको भोक उनले आफ्नो कलाकारिताबाट मेटेको उनको जीवनीमा पाउँदछौं ।
कलाकारितामा उनको सानै उमेरदेखिको रुचि थियो । प्रथमपटक पाँच वर्षको हुदा स्टेज शो गर्दा अप्रत्याशित ढङ्गले उनले दर्शकको वाहवाह बटुलेका थिए । सात वर्षको उमेरदेखि उनले मञ्चबाट मनोरञ्जन, दिन थालेका थिए तर पनि उनको किशोर उमेरपनि फुटपाथमै बित्यो । उनले निकै सङ्घर्षपूर्ण जीवन बाँचे,जे भेटियो  त्यही खाने , झुत्रो झाम्रो लागाउने , फुटपाथमै सुत्र्थे ।  तर पनि सबैलाई हँसाए , आफ्नो कलायात्रा जारी राखे ।  जस्तो सुकै आपत आइपरे पनि उनले आफ्नो कलायात्रालाई  छोडेनन् । कलालाई नै आफ्नो जीवन बनाए । 
कलायात्रामा उनले यति सफलता पाएकी उनको जस्तो सफलता कमै व्यक्तिले पाउन सक्दछन् । कलाको लागि भौतारिदै हिंड्दा उनले कला–एजेण्टको माध्यमबाट ‘ शर्लाक होम्स’ मा विली नामक पात्रको भूमिकामा खेल्न दिइयो । १६ वर्षमै उनी लण्डनको नाट्य संसारमा चर्चित भैसकेका थिए । उनी जिवन्त अभिनय गर्न सक्थे । समाजमा पिछडिएका, पिल्सिएका दुःखी, पिडीत, गरिब जनताको अभिनय गर्ने चार्ली विश्व प्रसिद्ध भए, संसार भर अभिनय मार्फत तहल्का मच्चाए । उनीले आफ्नो कार्यक्रम अमेरिका जस्ता विकसित मुलुकहरुमा पनि गरे । उनी बेलायत जस्तै अमेरिकामा पनि प्रसिद्ध हुन पुगे । उनी अभिनेता पनि बने र हास्य कलाकारको रुपमा दर्शक माझ गहिरो छाप छोड्न सफल भए । उनी महान् हास्य कलाकार बने । उनले लगाएको गोलोगोलो ह्याट, कस्सिने खालको कोट , ठूलो हवार्लाङ परेको पाइन्ट, १४ नम्बरको जु्त्ता र एउटा सानो छडी लिएर फुच्चे फिरन्तेको रुपमा पर्दामा आउन थालेपछि उनी झनै लोकप्रिय भए । उनको हास्यकलाले दर्शकहरु अत्याधिक हाँसेर मुर्छा पर्ने हुँदा उनलाई बोलेर अभिनय गर्न प्रतिबन्ध लगाइयो । पछि बनाएको शोल्जर आम्र्स, द किड द गोल्डरस, सिटी लाइट्स, मोर्डन टाइम्स र मोसिए वेर्दुजस्ता फिल्मले विश्वमै तहल्का मच्चायो । 
विश्व हास्य सम्राट ः चार्ली च्याप्लिनको बालक काल अत्यन्तै  दर्दनाक र वैवाहिक जीवन त्यती सफल नभए पनि हास्य कलाकारको अभिनयमा भने अत्यन्तै सफल भए ।उनीलाई विश्वमा अत्यन्तै सम्मानको दृष्टिले हेर्न थालियो । सन्  १९५४मा उनी विश्व शान्ति परिषद् पुरस्कारबाट सम्मानित भए । अक्सफोर्ड र डरहम विश्व विद्यालयले मानार्थ डाक्टरेट उपाधिले विभुषित गरे र एलिजावेथ द्धितीयले ‘नाइट’ को उपाधिले विभुषित गरिन् । अमेरिकाले पनि उनलाई मान सम्मान दियो, ओस्कार दिइयो ।   यस्तो प्रतिभावन् कलाकारले सबैलाई स्तब्ध तुल्याउदै सन् २५ डिसेम्बर, १९७७ मा स्वीजरल्याण्डमा देहत्याग गरे । यसरी जनताका प्यारा कलाकार आज हाम्रो सामु हुनु हुन्न तर पनि उहाँको कला कहिल्यै मर्ने छैन, उहाँको कलाको सम्मान जुगौं जुगसम्म हुनेछ, उनी अजर अमर छन् । विश्वका महान् कलाकार चार्ली च्याप्लिनलाई हामी अत्यन्त सम्मानको दृष्टिले हेर्दछौं हेर्नु पर्दछ पनि,............................ धन्यबाद ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper