banner
banner

नेपाली व्यवसायीहरु किन संवेदनहीन

अधिवक्ता शिवप्रसाद सिग्देल -
कोरोनाको कहरले विकसित युरोप, अमेरिकाले त्राण पाउन सकेका छैनन्, कोरोना पसिहाल्यो र महामारी फैलिहाल्यो भने हाम्रो के हालत होला ? अहिलेसम्म हामी सुरक्षित छौं, सरकारले जिम्मेवारीवोध गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारका साथमा छौ भनेको छ । यो सामुहिक समस्या हो । कोरोनाको आगोले आफ्नो पराया भन्दैन । यसकारण यो समस्यासँग सामुहिक रुपमा उच्च मनोवलका साथ जुध्न जरुरी छ ।
विकासदेखि व्यापारसम्म, सुरक्षादेखि देशभक्तिसम्म जता पनि उही सेना । कोरोनाविरुद्ध लड्नका लागि नेपाली सेनाले ५ हजार स्वास्थ्यकर्मीसििहत तैयार छ । सातै प्रदेशमा क्वारेन्टाइन, आइसोलेसनदेखि औषधिमूलोसम्मको व्यवस्था गरिरहेको समाचार आएको छ । जनताको सेना, देशको सेनाले आफ्नो जिम्मेवारी जसरी निभाइरहेको छ । त्यो स्तुत्य छ । सेना छ र जस्तोसुकै विपत्तिमा पनि आमनागरिकले सुरक्षाको अनुभूति गर्न पाएका छन् ।
होटल व्यवसायीले सरकारलाई सहयोग गरेनन्, आवश्यक भयो भने क्वारेन्टाइनको रुपमा होटल प्रयोग गर्न दिन इन्कार गरेका छन् ।
चिनियाँ व्यवसायी ज्याक माँले अमेरिकालाई निकै ठूलो सहयोग गरेपछि नेपाल सहितका दक्षिण एसियाली मुलुकहरुमा कोरोनाविरुद्ध लड्नका लागि १.८ मिलियन डलर सहयोगको घोषणा गरेका छन् । व्यवसायी जनमैत्री हुनुपर्छ भन्ने यो पछिल्लो उदाहरण हो । नेपाली व्यवसायीहरु जो खर्बपछि छन्, अर्वपछि छन् र स्वीस वैंकमा समेत पैसा राखेका छन्, तिनले अहिलेसम्म कोरोनाविरुद्ध सरकारको हात बलियो पार्ने र जनतालाई साथ दिने के घोषणा गरेका छन्, केही पनि देखिएको छैन । यो दुभाग्यजनक छ ।
सुविधा ठूला व्यवसायीलाई चाहिने । भ्याट छल्ने र सरकारले पाउनुपर्ने मुनाफाकर समेत चलखेल गरेर लुट्ने ठूला उद्यमीहरुले कोरोनाविरुद्ध जनतामा चेतना फैलाउन र अन्य सेवा सुविधा दिन हिचकिचाएका छन् । यो रेकर्ड रहनुपर्छ र भावी दिनमा कुनै पनि व्यवसायीसँग सरकारले निर्मम रुपमा प्रस्तुत हुन जरुरी छ । नेपाली जो नेपालमा छन्, विदेशमा छन्, तिनीहरुले उच्च मनोवलका साथ सतर्कता अपनाउनुपर्छ । जसले कोरोनोको महामारीलाई आतंकका रुपमा प्रचार गरिरहेका छन्, तिनीहरुमाथि कारवाही हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper