banner
banner

पूर्वसांसद मञ्च

सिंहदरबारको कार्यक्रम । मार्च ९
मञ्चले आयोजना गरेको ‘नेपाल–भारत सीमा समस्या र समाधान’ विषयक मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा ४ वक्तामध्ये अरुभन्दा धेरै समय बोल्न मलाई आग्रह गरिएको थियो ।
बोल्ने क्रममा मैले भनें–
१) नेपाल–भारत सीमा समस्या जनस्तर, संघसंस्थाको स्तर र कतिपय राजनीतिक पार्टीस्तरबाट उजागर भइसकेको छ ।
२) नागरिक समाजस्तरको सीमा बचाउ अभियानबाट नेपालको पश्चिमी सीमा लिम्पियाधुरा पुर्याइएको नक्सा तयार पारिएका छन् ।
३) न्यु योर्क, वासिंगटन, बर्लिन, हेग, बेल्जियम, अस्ट्रेलिया आदि देशमा रहेका नेपाली समुदायले अन्तर्रा्ष्ट्रिय स्तरबाट प्रशस्तै दबाब सिर्जना गरेका छन् ।
४) यो नक्साको प्रिन्टेड प्रति सरोकारवाला मन्त्रीहरु समक्ष प्रस्तुत गरिसकिएको छ ।
५) समाधानका उपाय पनि उजागर गरिएको छ ।
६) अब सरकार प्रमुखको स्तरबाट समाधानका पाइला अविलम्व चालिनु पर्छ भन्दै सरकारलाई त्यसै मञ्चबाट आाह्वान गरें मैले ।
७) नेपाल–चीनबीच भएको सगरमाथाको विवाद प्रधानमन्त्रीस्तरबाट समाधान भएको कुरा उपमाको रुपमा बेलिविस्तार गर्न पनि भ्याएको थिए‘ । 
अन्य वक्ताहरु भैरव रिसाल, डा. भेषबहादुर थापा र डा. द्वारिकानाथ ढुंगेल थिए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper