banner
banner

२० रुपैयाँको मास्कलाई सय

काठमाडौं । बजारमा दाल चामल, ग्यास, गेडागुडीको मूल्य बढेको छ,  नियमन गर्ने कोही छैन । चामलको समेत हाहाकार हुनथालिसकेको छ । अनावश्यक हल्ला फिजाएर केही पाइन्न भन्दै कालोबजारी गर्नेमाथि सरकारले केही गर्न सकेन । जनतालाई शुभकामना होइन, सुशासन चाहिएको छ, अनावश्यक त्रासदीबाट बच्नुपरेको छ । बचाउने कसले ? जिम्मेवार हुनुपर्ने सरकारले हो, जवाफदेहीता लिने नेतृत्वले हो । यति गम्भीर समयमा जिम्मेवारहरु कहाँ छन् ?
२० रुपैयाँ पर्ने मास्कलाई सय पर्छ । १ सय पर्ने मास्कको ४ सयमा बिक्री बितरण भइरहेको छ । त्यो पनि पाइँदैन । कोरोना भाइरसको चेतना जगाउने बेलामा अति प्रचार गरेर चेतना भन्दा बढी त्रासदी फैलाउनेमाथि कारवाही गर्नुपर्छ । कोरोना भाइरस नेपाल पसेको छैन, संचेतना जरुरी छ । १ सय ३ देशमा पसिसकेको कोरोना नेपालमा पस्न सक्छ । तर कोरोना भाइरस लागे पनि निको हुने रोग हो । यो चेतना जरुरी छ । सरकार छ भने देखिने र सरकारले जनोपयोगी कामा देखाउने यस्तै बेलामा हो । सरकार चेतनाको बिगुल फुक ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper