banner
banner

चिनी नुनको अभाव हुदैन

काठमाडौं । साल्ट ट्रेडिङ्ग लिमिटेडले भनेको छ–  नुन, चिनीको अभाव हुँदैन, आत्तिनु पर्दैन । वक्तव्यमा भनिएको छ– नुन, चिनीको पर्याप्त भण्डारण रहेकाले आत्तिनु नपर्ने आग्रह गरेको छ । संस्थानले १० महिनासम्मलाई पुग्ने नुन र सोही अनुसार चिनी स्टक रहेको भन्दै हाहाकार हुन्छ भन्ने कपोलकल्पित हल्लाको पछाडि गएर नुन, चिनी स्टक नराख्न आग्रह गरेको छ ।
बजारको माग अनुसार यी अत्यावश्यकीय वस्तु रहेको र बजारको माँगअनुसार आपूर्ति गरिरहेको पनि संस्थानले जनाएको छ । संस्थानकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० महिनालाई पुग्ने नुन र सोही अनुसार चिनी रहेकाले आत्तिनु नपर्ने बताउनु भएको हो । साल्ट ट्रेडिङका पदाधिकारीहरुका अनुसार पहिले नाकाबन्दीको समयमा जस्तै यस पटक पनि त्यस्तै अवस्था आउन सक्ने डर उपभोक्तामा रहेकाले आवश्यकताभन्दा बढी नून चिनी खरिद गरेर स्टक राख्न थालेको हुनसक्छ । साल्ट टे«डिङ लिमिटेले नून चिनीको पर्याप्त स्टक रहेको विषयमा संचेतना अभियान पनि चलाइरहेको बताएका छन् । संस्थानकी कार्यकारी अधिकृत उर्मिला श्रेष्ठका अनुसार बजारमा नुन, चिनी
लगायत दैनिक उपभोग्य वस्तुको अभाव भए जस्तो गरी अफवाह फैलाइएको भन्दै त्यसतर्फ सचेत बन्न पनि आग्रह गरिन् । संस्थानले बजारमा अत्यावश्यकीय वस्तुको अभाव नभएको स्पष्ट पारेको छ । संस्थानले एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात रहेको जनाएको छ ।
यसले १०–११ महिनालाई धान्ने उनले बताइन् । महिनामा औषतमा १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको संस्थानले जनाएको छ । 
यस्तै दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा रहेको छ र सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको पनि संस्थानले जनाएको छ । संस्थानले नुन, चिनी, खाना पकाउने ग्यास, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ । संस्थानले बेच्ने कुनै पनि प्रकारका खाद्य र अन्य बस्तुको अभाव नहुने जनाएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper