banner
banner

भारतीय रक्षामन्त्री नेपाल आउदै

काठमाडौं । नेपालका लागि भारतीयराजदूत विनय मोहनले सपथ लिएको हप्तादिन नबित्दै भारतका रक्षा मन्त्री राजनाथ सिंह नेपाल आउने खबर सार्वजनिक भएको छ ।
राजदूतले परराष्ट्र र रक्षामन्त्रीसँग भेटवार्ता गर्दा उपरखुट्टी लगाएर कूटनीतिक मर्यादा नाघेर भेटेका थिए । कूटनीतिमा बडी लेंगवेजको पनि अर्थ निकालिन्छ । राजदूतले यसरी हेपेर भेटेको केही दिनमै भारतीय रक्षा मन्त्री राजनाथ सिंह नेपाल आउने कुरा गम्भीर हुनुपर्छ । यी तिनै राजनाथ हुन थसले लखनौंबाट नेपालमा एक करोड भारतीय छन्, भनेर तिनीहरुको सुरक्षा र नागरिकताका विषयमा समेत कुरा उठाएर अप्ठेरो पारेका थिए ।
तर राजनाथ सिंहको नेपाल भ्रमण नेपालमा राजनीतिक परिवर्तनका रुपमा पनि हेरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा राजनाथको नेपाल भ्रमणपछि भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने बताइन्छ । भारतले जम्मु काश्मिर भारतमा मिलाएपछि र नागरिकता विधेयक ल्याएपछि नेपालको समर्थन खोज्न भारतको चासो रहने र लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा पनि नेपाललाई थाङ्नामा सुताउने प्रयास भारतले गर्ने निश्चित छ । भारतले ती क्षेत्र भारतको नक्सामा मिलाएको ४ महिना भइसक्यो, नेपालले नेपालको नक्सा जारी गर्न सकेको छैन, कहिले जारी गर्छ, भन्न सकिन्न । ती क्षेत्र नेपालको हो भन्ने गफ गरेर नेपाल सरकार सुतेको छ ।
राजनाथको भ्रमण पूर्वराजाको फागुन ४–१९ सम्मको भ्रमण र त्यो बेला उठान गरेको २०६३ जेठ ११ को सहमतिको गुनासोसमेत संवोधन गर्ने विषयमा राजनीतिक छलफल हुनसक्ने अनुमान गरिएको छ । मुख्य सवाल नेपालमा राजतन्त्र र हिन्दुत्वको छ र राजनाथ सिंहको नेपाल भ्रमणमा ती विषयले अन्तिम रुप पाउनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper