banner
banner

दक्षिण कोरिया किन रिसायो

काठमाडौं । पार्क योङ सिक, दक्षिण कोरियाली राजदूतले चित्त दुखाएका छन् । उनी आफ्नो कार्यकाल सकेर जाँदैछन् र अर्का राजद्युत आउँदैछन् । यस्तो बेलामा नेपालले कोरोना भाइरसको कारण देखाएर रोजगारीमा जान लागेका सयौं युवालाई रोकेको छ ।
कोरोना भाइरसले दक्षिण कोरिया पनि आक्रमणमा परेको छ । पचासौंले ज्यान गुमाएका छन् तर कोरियामा रहेका पचासौं हजार
 नेपाली युवायुवती अहिलेसम्म कोरोनाको सिकार भएको खबर आएको छैन । दक्षिण कोरियाले सधैं नेपाललाई साथ दिदै आएको छ र अप्ठेरो परिस्थितिमा नेपालको सहयोग र साथ खोज्नु स्वभाविक हो । नेपालले कामदारलाई रोक्दा दक्षिण कोरियाले चित्त दुखाउनु स्वभाविक हो ।
कोरियाले कोरोनासँग लड्न विश्व समुदायसँग सहयोग र साथ खोजेको छ । नेपालले उपेक्षा गरेको होइन भन्ने कूटनीतिक सन्देश दिन जरुरी छ । अन्यथा यसको गल अर्थ पनि लाग्न सक्छ । कोरियाजस्तो सहयोगी मित्र नेपालले गुमाउनु दुर्भाग्य हुनेछ ।
भनिन्छ, दूतावासले कोरियालाई उपेक्षा नगर्न पत्र नै लेखेको छ । यो पत्र श्रम र परराष्ट्र हुँदै प्रधानमन्त्री कार्यालयमा पनि पुगेको छ । प्रधानमन्त्री अस्वस्थ छन् । प्रधानमन्त्रीका टिमका मन्त्रीहरुले विवेक प्रयोग गरेर राष्ट्रका पक्षमा निर्णय लिनु जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper