banner
banner

राजतन्त्रको सम्भाबना

काठमाडौं । शान्त स्वभावका पूर्वराजा ज्ञानेन्द्र शाह १५ दिन लामो पञ्जावदेखि दिल्लीसम्मको पूजा, जन्मपर्वदेखि राजनीतिक भेटघाट सम्पन्न गरेर फागुन १८ गते घर फर्केका छन् । मुसुमुसु हाँस्ने उनको स्वभावमा परिवर्तन देखिएन । तर, राजनीतिक र कूटनीतिक बृत्तमा २०६३ साल वैशाख ११ गते राजा, राजनीतिक दल र भारत (बेदान्ताचार्य करण सिंह)का वीचमा भएको सहमतिअनुसारको नैतिक दायित्व भारत र सात राजनीतिक दलले पूरा नगरेको विषयलाई बल्ल आएर दिल्लीले गम्भीर रुपमा लिएको अनुभूति भएको छ । भारतीय प्रधानमन्त्रीका विशेष सहयोगी, विश्वासपात्र विनय मोहन कोत्रा राजदूत बनेर आएका छन्, पूर्वराजा दिल्लीको भ्रमण सकेर फिरेका छन् र नेपालको राजनीति असफलताको भीरमा गुल्टदै गएको छ । यी सबै दृश्य देखेका विश्लेषकहरु नेपालमा कुनै न कुनै प्रकारको राजतन्त्रले ठाउँ पाउने बताउन थालेका छन् ।
ती सूत्र भन्छन्– दुई महिनाभित्र नेपालमा सानो ठूलो राजनीतिक परिवर्तन हुने पक्का छ ।
पूर्वराजाको यसपालीको भ्रमण राजनीतिक पनि थियो । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथदेखि हिन्दु एकता परिषदका पदाधिकारीहरुले पनि भेटवार्ता गरेका थिए । यही समयमा नेपाली कांग्रेसका नेता शेखर कोइराला, महासचिव शशांक कोइरालाको टोलीले पनि योगीसँग भेटवार्ता गरेर फर्केका थियो । नेपालमा बढ्दो अस्थिरता र राजनीतिक असफलतालाई रोक्नका लागि राजनीतिक सहमति मै राजतन्त्रको सम्भाबना बढेको चर्चा हुनथालेको छ । देशमा अभिभावक अथवा एकताको सुत्र नहुँदा र राजनीतिक नेताहरुले राजनेताको व्यक्तित्व निर्माण गर्न नसकेकाले पनि राजनीतिमा संकट, संक्रमण फैलिदै गएको छ । नेपालको स्थितिप्रति विदेशीहरु पनि चिन्तित देखिन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper