banner
banner

जेनेभामा द्वन्द्वकालको सवाल उठ्यो

जेनेभामा राष्ट्रसंघकी मानवअधिकार प्रमुखले नेपालको द्वन्द्वकालको सवाल उठाइन्, नेपालमा सनसनी फैलियो । आखिर किन उठ्यो यो सवाल जेनेभामा ?
मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिशेल ब्याचलेटले नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएर नेपाली राजनीतिमा ठूलै तरङ्ग ल्याइदिनुभएको छ । एकातिर एमसीसीको मुद्दा गहिरिएको छ, अर्कोतिर जनयुद्धकालीन मुद्दाको कुरा अन्तर्राष्ट्रिय मञ्चमा उठ्छ, पक्कै केही रहस्य त छ छ । यो सवाल राष्ट्रसंघको मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा उठेको, उठाइएकोले पनि अर्थपूर्ण रुपमा विश्लेषण हुन थालेको हो । यो विषयलाई बीबीसीले पनि उठाएको छ ।
मिशेल ब्याचलेटले नेपाल सरकारलाई सङ्कंमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन सुझाव दिएकी छिन् । नेपालमा राजनीतिक भागबण्डाका आधारमा बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिएपछि विभिन्न आशंका उठ्न थालेको छ । संक्रमणकालीन मुद्दामा आममाफी दिने, पीडितलाई राज्यले क्षतिपूर्तिको व्यवस्था गर्ने र पीडकलाई उन्मुक्ति दिने भित्री राजनीतिक सहमति गरेर अन्तर्राष्ट्रिय सहमति खोजिन थालेको समयमा राष्ट्रसंघमै यो कुरा उठेपछि अन्तर्राष्ट्रिय चासो बढेको अनुमान गरिएको छ ।
मिशेलले १४ वर्षअघि शुरू भएको नेपालको शान्ति प्रक्रिया अन्तर्गत संक्रमणकालीन न्यायसँग जोडिएका विषयवस्तुमा प्रगति नभएको टिप्पणी गर्नु भएको छ । यो बैठकमा परराष्ट्र मन्त्री सहभागी त थिए, तर उनले यो प्रश्नमा ठोस जवाफ दिन नसकेर र सतही भाषण गरेर फर्केका छन् । यसबारेमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा ब्याचलेटको भनाइलाई संक्रमणकालीन न्यायका सवालमा नेपालसँग रहेको विश्व समुदायको आशंका बढ्दै गएको रूपमा हेर्नुपर्ने प्रतिक्रिया दिएपछि संशय बढेको छ ।
यसैवीच द्वन्द्व पीडितहरुको सक्रियता बढेको छ । उनीहरु न्याय खोज्न थालेका छन् । पीडित माँग राख्ने र चुप लाग्ने गरेकोमा केही दिनदेखि तिनको असन्तुष्टिसडक, सञ्चारमा बढेको देखिन्छ । यो स्थितिले जनयुद्धका मुद्दाहरु व्यूँतिन थालेको अनुमान गरिएको छ । सन २०१५ फेब्रुअरी २६मा सर्वोच्च अदालतले न्याय दिने भूमिका अदालतको भएको आदेश दिएको थियो । त्यसपछि अदालत पनि राजनीतिक भागबण्डामा चल्न थालेको छ ।
३ हप्ताअघि क्यानडाका सभामुख फुरेको टोली नेपाल आयो र सभामुखलाई नभेटी फर्केको थियो । यो घटनाले पनि अनेकन आशंकाहरु जन्माउन पर्याप्त ठानिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper