banner
banner

नेकपाको झगडा नाटकीय हो

शिव सिग्देल -
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री बनेकै हुन्, अव चुवाव हरुवा वामदेव गौतमलाई प्रधानमन्त्री बनाएर कुन लछारपाटो लाग्ला ?
उनीहरुवीचको पुराना सहमति अनुसार वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने, अव उनको पालो भन्ने चर्चा पो बाहिर आयो त ?
लोकतन्त्रमा लोकले प्रधानमन्त्री बनाउने हो कि लोकले हराएका व्यक्तिलाई दुषित सहमति गरेर नेताहरुले आलोपालो प्रधानमन्त्री बनाउने हो ?
अहिले सतहमा देखिएको झगडा भनेको केपी ओलीले एकलौटी चलाए, उनले मनलागी निर्णय गरे भन्ने नै हो । यहीकारण सचिवालय बैठकले वामदेव गौतमलाई मनोनित गर्न सर्वसम्मत सहमति जनायो । जनताले चुनाव हारेका व्यक्तिलाई मनोनित गर्न गराउन निर्णय गर्ने सचिवालयको नैतिकता हुन्छ कि हुन्न ? त्यस्ता व्यक्तिलाई अर्को चुनावमा जितेर आउन भन्ने कि काँध चढाएर मनोनित गर्ने अनि संविधान नै संशोधन गरेर उनलाई प्रधानमन्त्री हुन बाटो खोल्ने ? अचम्मको छ कम्युनिष्ट लोकतन्त्र पनि ?
यसकारण अहिलेको नेकपाभित्रको झगडा भनेको मजाले बाँडिचुँडी खान पाएका छन्, टालटुले नीति अख्तियार गरेर खाइरहेका छन्, फुटेर कमजोर बन्लान् भनेर विश्वास नगरौंं । यो कम्युनिष्ट रणनीतिमात्र हो । जनताको आँखामा भ्रम छर्नेहरुर्ला दण्डित गर्ने जनताले नै हो । जनता जति कमजोर बने उत्ति यस्ता नौटंकीकारहरुले जनतालई तमासा देखाइरहने छन्, अहिलेको तमासामा पनि नोक्सान जनता र देशको हुने हो, मुनाफा नेताहरुको ।
र, अन्तमा पूर्वाधार कर
   अहिले सम्म पूर्वाधार कर भनेर  उठाएको अरबौ रुपिया“ नेपाल सरकारले खर्च गर्न नसकेर थुपारेर राखेको छ । पेट्रोलियम पदार्थमा अब थप पूर्बाधर  कर भनेर संसदको अनुमति नलिई नया“ कर लागु गर्नु जनताको अपमान हो र लुटाहा प्रबित्ति हो । तर अर्थमन्त्री भन्छन्– 
सरकारले राम्रो काम गरेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper