banner
banner

पूर्वराजाको चेतावनी सन्देश

काठमाडौं । पूर्वराजाले प्रजातन्त्र दिवसका दिन दिएको सन्देश औपचारिकतामात्र हो भनेर विश्लेषकहरु मान्न तैयार छैनन् । पूर्वराजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिनुभएको छ ।
पूर्वराजाले परम्परागत धर्म निर्वाह गरेर सन्देशमात्र दिने कि देशको लथालिङ्गे अवस्थालाई सुधार्न केही योगदान पनि दिने ? यस्तै प्रश्न उठिरहेका बेलामा २०७६ फागुन ७ गतेको सन्देशमा पूर्वराजा एक्सनमा उत्रने झल्को सकिन्छ ।
७०औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजाबाट देशवासीको नाउँमा दिएको सन्देश, सन्देशभन्दा बढी चेतावनी हो भन्ने अर्थमा हेरिएको छ ।
सन्देशमा उल्लेख छ– आज हामी ७० बर्षको लामो इतिहासको सम्झना गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मनाई रहेका छौं । यस अवसरमा हामी हाम्रा जिजुबुबा प्रजातन्त्रदाता राष्ट्रपता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौं ।
प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा भल्कनु पर्दछ । प्रजातन्त्र कुनैं अलंकार नामान्तरण वा रुपान्तरण मात्र होइन त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ । राष्ट्रको प्रतिष्ठा प्रवद्र्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो ।
हामी देश दर्शन र विभिन्न वैदेशिक भ्रमणमा जब जान्छौं त्यहाँ प्रायः सुन्ने, बुझ्ने गर्दछौं ः नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन । केही टाठा बाठाका निमित्त मात्र होइन, केही आर्थिक स्वार्थका लागि मात्र होईन ः प्रजातन्त्र सबै जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ । त्यसैले हामी चाहन्छौं यिनै विषयका निम्ति सबै जिम्मेवारहरु सचेष्ट होउन्, अनि हाम्रो भौगोलिक, सामाजिक, सांस्कारीक र मौलिक मान्यता बुझेर अघि बढून् । यस अवसरमा हामी भन्दछौं ः हामीले हाम्रो इतिहास नभूलौंं, वर्तमानलाई नर्बिसौं र भविश्यको कोरा सपना मात्र बाँढेर समय खेर नफाली सर्र्विहतकारी प्रजातान्त्रिक धर्मको निर्वाह गरौं । 
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल । फागुन ७ गते 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper