banner
banner

हाउ याङ्छीद्वारा पर्यटन प्रवद्र्धन

काठमाडौं । नेपाल पर्यटन वर्ष २०२० मनाउँदै थियो । विश्वभरि प्रचारप्रसारमा लागेको थियो । वर्माजस्ता मुलुकमा वर्षको ५० लाख पर्यटक पठाउने चीनले नेपालमा ठूलैसंख्यामा पर्यटक पठाएर नेपाल पर्यटन वर्षलाई सघाउने, सफल पार्ने विश्वास थियो ।
कताबाट कोरोना भाइरस आयो र चीनलाई ग्रस्त पा¥यो । रोग सल्किएर बिभिन्न देशमा पनि सर्र्दैगयो । चीनमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालले फिर्ता ल्यायो र कोरेन्टाइनमा राखेको छ, अहिलेसम्मको जाँचमा कसैलाई पनि कोरोना भाइरस नलागेको पुष्टी गरेका छन् डाक्टरहरुले ।
यो खुशीको खबरसँगै पर्यटन मन्त्रीले कोरोनामुक्त नेपालमा पर्यटनका लागि आउन सन्देश प्रवाह गरेका छन् । तर, विश्व स्वास्थ्य संगठनले विश्वभरि आपातकाल लगाएका कारण नेपालमा जे जति होटल बुक थिए, टे«किङका लागि तैयारी भएको थियो, करिब करिव रद्द भएका छन् । पोखरा, चितवन, सगरमाथा बेश क्याम्प, नगरकोटजस्ता ठाउँहरु पर्यटकहरुले खचाखच हुनुपर्ने थियो, खाली खाली छन् । जो मिसनका लागि नेपाल आएका छन्, तिनीहरुमात्र नेपालमा घुमिरहेको देखिन्छ । नेपालले यो वर्ष २० लाख पर्यटक भित्र्याउन लक्ष्य पूरा गर्न अव सक्दैन । तैपनि चीन कोरोनासँग जुधिरहेको छ र यो रोगका विरुद्ध लड्ने शक्ति विश्वले दिइरहेको देखिन्छ । विश्व भाइचारा भनेको पनि यही हो ।
यति नै बेला काठमाडौं पोष्टले चिनियाँ नोटमा छापिएको महान नेता माओको मुखमा मास्क लगाएको फोटो र फिचर छाप्यो । यो समाचारप्रति चिनियाँ दूतावासले वक्तव्य निकालेर कडा आपत्ति जनायो । यो कार्टुन, समाचार चिनियाँ सरकारविरुद्ध र त्यहाँको राजनीतिक प्रणालीबिरुद्ध प्रहार गरेको अर्थ लगायो चीनले ।
विज्ञप्तिमा चीनले कोरोना भाइरसबिरुद्ध सशक्त ढंगले लडाइँ जारी राखेको र नेपाली सरकार तथा नेपाली मिडियाले यो अप्ठ्यारोमा चीनको पूर्ण साथ र सहयोग गरेको पनि जनाएको छ । कोरोना भाइरससँग जुध्न दिइएका सुझावहरु स्वीकार गर्ने तर चिनियाँ राजनीतिक पद्धतिबिरुद्धका आक्रमण चीनलाई सह्य नहुने स्पष्ट पारेर चीन क्रुद्ध रहेको देखाइयो । चीनले लगाएको  चीनविरोधी शक्तिको सुगा बनेको आरोप गम्भीर छ । चिनियाँ पत्रकारहरुले स्वर्गीय सम्मानित नेतालाई अपमान गर्नुमा आपत्ति मानेका छन् ।
यस विषयमा चीन नेपाल सम्बन्ध विकासमा लागेका प्रेमसागर पौडेल लेख्नुहुन्छ– चिनियाँ मिडिया ग्रुपका नेता र नेपालस्थित चिनियाँ दूतावासको सँगसँगै बिरोध आउनु र सिन्ह्वा न्यूज एजेन्सी प्रमुखले शेयर गर्नुलाई सामान्य रुपमा मान्न र लिन सकिन्न । निश्चय नै यसभित्र गम्भीरता लुकेको छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper