banner
banner

दिल्लीको जस्तो व्यवस्था काठमाडौं होस्

काठमाडौं । दिल्ली एयरपोर्टमा नेपाली यात्रुहरुले अनेक झण्झट बेहोर्नु परेको छ । सडकमार्गबाट दिल्ली जानेले हवाईमार्गबाट फर्कन बन्देज लगाइएको छ । नेपालबाट डिपार्चर भएकाले मात्र दिल्लीबाट डिपार्चर हुन पाउने भएका छन् । दिल्ली भएर तेश्रो मुलुक जानेले अनिवार्य रुपमा नो अब्जेक्शन लेटर साथमै लानुपर्ने व्यवस्था गरिएको छ ।
नेपालबाट जानेको कोरोना भाइरस चेकअप हुनु स्वभाविक हो । तर, त्यही बहानामा पनि नेपाली यात्रुलाई दुःख दिन थालेको गुनासो नेपाली यात्रुहरुले गर्न थालेका छन् ।
दिल्लीले पासपोर्ट अनिवार्य गरेको विषय नेपालका लागि स्वागतयोग्य हुनुपर्छ । प्रश्न के मात्र छ भने नेपालले पनि दिल्ली हवाईमार्गबाट आएकालाईमात्र नेपालबाट हवाईमार्गबाट पासपोर्ट हेरेर जान दिने व्यवस्था लागू गर्नुपर्छ । दिल्लीले गरेको व्यवस्थाअनुसार नेपालले पनि व्यवस्था गर्नुपर्छ र नेपालीलाई दिल्ली एयरपोर्टमा जुन प्रकारले सास्ती दिने गरिएको छ, त्यसमा सहजीकरणका लागि पहल गर्न जरुरी छ । खुला सिमानाका कारण हामीले आवतजावतमा नियमन गर्न खोजेकै हो, भारतले नमानेरमात्र । अव भारतले नै त्यसबारेमा अग्रसर हुन्छ भने नेपालले यो मौकालाई किन चुकाउने ?
विश्वमा कहीँ पनि खुला सिमाना हुन्न, नियमन हुन्छ । नेपाल र भारतमात्र त्यस्तो देश हो, जहाँ आवत जावत गर्न कुनै बाधा बन्देज छैन । किन एयरपोर्टबाट सुरु भएको नियमन अरु नाकाहरुमा पनि नथाल्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper