banner
banner

ओलीविरुद्ध भ्रष्टाचारको उजुरी

काठमाडौं । बाँकेका ६७ वर्षका प्रेमबहादुर शाही र मकवानपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रेस खरिद, भूउपग्रह खरिद, फोरजी सेवा बिस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर बिस्तारमा भ्रष्टाचार भएकै हो भनेर प्रधानमन्त्री विरुद्ध अख्तियारमा उजुरी हालेका छन् । प्रधानमन्त्रीसँगै राजीनामा दिएका मन्त्री गोकुल बास्कोटा, पूर्व सचिव महेन्द्र गुरुङ, नेपाल सेक्युरिटी प्रेस प्रमुख विकल पौडेललाई पनि उजुरीमा समावेश गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा अख्तियार प्रमुख बनेका नविन घिमिरेले छानबिन गर्नेमा संशय उत्पन्न भएको छ ।
उजुरी दर्ता भएको छ । ७० करोड कमिशन डिलको अडियो टेप गत विहीवार सार्वजनिक भएपछि मन्त्रीले राजीनामा दिएका छन् भने यो काण्डमा राष्ट्रपतिसमेत जनशंकाको घेरामा परेकी छिन् । प्रधानमन्त्रीले डेढ महिनाअघि नै यो टेप प्राप्त गरे पनि उनले किन लुकाउन खोजे भन्ने नैतिक प्रश्नसमेत प्रधानमन्त्रीतिर तेर्सिएको छ । यही विषयमा अर्वौं भ्रष्टाचारमा संलग्न भएको, मतियार रहेकोले प्रधानमन्त्रीमाथि पनि अनुसन्धान र कारवाहीको माँग गरिएको छ । भ्रष्टाचारमा प्रधानमन्त्री पनि तानिए ।
यसबाहेक बालुवाटारको जग्गा, बुढी गण्डकीको ठेक्का, वाइडबडी खरिदको कमिशन काण्ड, फोरजी सेवा, गोकर्ण–पाथीभरा–ताहाचल–थानकोट–दरवारमार्गको पूर्वराजाका सम्पत्ति यती समूहलाई नाममात्रको भाडामा दिएको विषय र मेलम्चीमा भएको भ्रष्टाचार काण्डको छानबिन हुनुपर्ने छ । यति छानबिन हुने हो भने नेपाली राजनीति लोकतान्त्तिक हो कि भ्रष्टाचारतन्त्र हो, ऐना झैं खुलस्त हुनेथियो । नेताहरु कसरी अर्वपति बने भन्ने खुलासा पनि हुनेथियो । कसरी होला र छानबिन 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper