banner
banner

मेरो देशका लागि.....

प्रेम सागर पौडेल -
सेनालाई बलियो बनाउनु पर्छ, बलियो बनाउने हो भने ब्यापारबाट अलग राख्नुपर्छ । चीनका पूर्व राष्ट्रपति च्याङ्ग चमिनले सेनालाई ब्यापारबाट अलग राखेर नै एीब् को क्षमतामा बृद्वि भयो । सेनाले गर्ने भनेको देशको रक्षा नै हो । हाम्रो नेपाली सेनाले देशलाई बचाउन इतिहासमा खुकुरीको भरमा लडेकै हो । सेनाको लोकतान्त्रिकरण भनेको हो कि शसक्तिकरण ? सेनाको संख्या घटाउने कुरा आउ“दैन । सेनालाई अझ बलियो र सुविधासम्पन्न बनाउनुपर्छ देश सुरक्षितका लागि ।
चीनको खुला सहयोग
चिनिया“ बन्दरगाह प्रयोगका लागि नेपाल सरकारले व्यवसायीलाई अनुदान दिने भएको छ । नेपालका लागि चीनका सात बन्दरगाह खुला भएको डेढ महिना बितिसके पनि हालसम्म नेपाली व्यवसायीले ती बन्दरगाह प्रयोग गर्ने आ“ट गरेका छैनन् । चिनिया“ बन्दरगाह प्रयोग गर्न प्रोत्साहित गर्न नेपाल सरकारले व्यवसायीलाई अनुदान दिने प्रस्ताव गरेको बुझ्न सकिन्छ ।
नेपाल लेण्डलक्ड होइन, भूजडित मुलुक हो भन्ने सिद्धान्तमा चीनले ७ बन्दरगाहको सुविधा दिएको हो । चीनतर्फबाट पनि तेस्रो मुलुकस“ग व्यापार गर्न नेपाल सफल होस् भन्ने चीनको सदासयता रहेको छ । यसैका लागि सम्झौता भएको हो । यही सम्झौताअनुसार नेपालले अन्तर्र्रािष्ट्रय व्यापारका लागि चीनको थियान्चिन, सन्चन, लियान्युकाङ र चाङचियाङ सामुद्रिक बन्दरगाह र लान्चौ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा चीनले दिएको छ ।
सहमति जनवरी १ देखि लागू भयो तर नेपालले लाभ लिन सकेको छैन । नेपाली उद्यमी व्यापारीले हालसम्म दुई भारतीय बन्दरगाह कोलकाता र विशाखापटनम प्रयोग गर्दै आएका छन् । नाकाबन्दीपछि चीनले नेपाललाई भूजडित बनाउन प्रयास गरेको हो  ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper