banner
banner

अव लड्छन् चेलीहरु

नेपाली सेनामा नयाँ इतिहासको सुरुआत भएको छ– महिलामात्र रहने गोरखाकाली गुल्म । जय मातृसमूह, जय गोरखकाली गुल्म ।
२०६० सालमा सुरु भएको महिला प्राविधिक भर्ना अव गुल्ममै रुपान्तरण हुन पुगेको छ । सेनामा महिलालाई समानता, समान अधिकार । यो हो परिवर्तन । जातीय विभेदको अन्त गर्ने क्रम चलिरहेको थियो, महिला र पुरुषमा पनि समानता । नेपाली सेना नयाँ इतिहास रचनामा लाग्यो । गुल्मपति बन्नु भएको छ– सुमित्रा खत्री । १८२ जना रहेको गोरखकाली गुल्म पुरुष सैनिक सरह नै हुन् । पुरुष सरह नै सैनिक तालिम लिन्छन्, काम गर्छन्, शान्ति सेनामा समेत खटिएर नेपालको झण्डा फहराउन थालेका छन् ।
अन्य सैनिक, गुल्म, पृतनाले जस्तै हरेक क्षेत्रमा महिला गुल्म खटिएर काम गरिरहेको छ । अहिले महिला गुल्मले सफलताका साथ काम गरिरहेकाले बिस्तारै गुल्म गण र पृतनामा विकसित हुँदै जाने देखिन्छ ।
सेनाको फोटो
फागुन १ गते देखि जंगी अड्डामा सेनासँग सम्बन्धित फोटा प्रदर्शन भएको छ । सैनिक क्रियाकलापको फोटो प्रदर्शनीमा भीड देखिन्छ र प्रदर्शनी हेर्न आउनेहरुको आकर्षण सैनिक कार्यको भन्दा महिला सैनिकका दृश्यहरु हुने गरेका छन् । सेनाले विभिन्न कौशलको प्रत्यक्ष प्रदर्शनी पनि देखाएको छ ।
यो प्रदर्शनीको उद्देश्य नागरिक–सेनावीचको सम्बन्ध मैत्रीपूर्ण बनाउने रहेको छ । सर्वसाधारणले प्रदर्शनी हेरे पनि महिलाहरुमा सैनिक हुन पाए हुनेथियो भन्ने मानसिकता झल्केको पाइयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper