banner
banner

चाकरीतन्त्र मुलुकको वास्तविकता

स्वयम्भुनाथ कार्की -
आफ्नो विचार वा कुराहरुको विरोध सहन नसक्ने त्यस्ता विचारहरुलाई भौतिक बलले रोक्न खोज्ने प्रवृति आजको नेपालको हरेक क्षेत्रमा आफ्नो वर्चश्व सावित गर्ने आबश्यक न्यूनतम योग्यता भएको छ । सत्ता र शक्तिको वरिपरि झुम्मिनु, सत्ताधारीको स्तुति गायन गर्नु र जसरी भए पनि खुशी तुल्यायार आङ्खनो दुनो सोभ्mयाउनु आङ्खनोे उन्नतीको मार्ग ठान्नु अहिलेको नागरिकको अघोषित कर्तव्य सरह भएको छ । यसको निमित्त आफुले जे जस्तो गरे पनि त्यसको विरुधावली गाउन चाकरीवाजहरुको आबश्यकता पर्छ ।
मुलुकको ईतिहासमा जबजब यस्ता परिस्थिति पैदा भएका छन तबतब ठूलै घटना भएका छन र यस्ता घटनाहरुका परिणामले त्यस्ता घटनालाई दुर्घटना सवित गरेको छ । चाहे त्यो पाटनका छ भाई प्रधानको नेतृत्वमा भएको सत्ता परिवर्तन होस वा थापा र पाण्डे भारदारहरुको बिचको बैमनस्यताले पैदा गरेको अस्थिरता जसले १ सय ४ बर्षे राणशासनको जग हाल्यो ।
धेरै विश्लेषकहरु २००७ सालदेखी २०१७ सालसम्मका घटनाहरुलाई राजाको सत्ता संचालन मोहको रुपमा विश्लेषण गर्दछन । तर निष्पक्ष भएर तथ्यहरुलाई केलाउने हो भने ति घटनाहरु कोईराला बन्धुहरुको सौताने डाहको उपज थिए भनेर निक्र्यौलमा पुग्न रत्तिभर पनि अङ्खठ्यारो छैन । विश्वेश्वर र मातृका विचमा जुूगाको लडाई नै ७ देखी १५ ्रसालसम्मको लामो अस्थिरताको कारक तत्व थियो, जसको परिणामले २०१७ साल ल्यायो भन्न विश्वेश्वर प्रसाद कोईराला र मातृका प्रसाद कोईरालाहरुका जीवनीहरुमा छरपष्ट देख्न पाईन्छ । त, यो तथ्य उजागर गर्न हिम्मतको खाँचो छ । यो तथ्य औंल्याउदा कोईराला परिवारको चाकरीले जीवनयापन गर्ने चाकरीवाजको तारोमा पर्ने खतराबाट आंखा चिम्लन गाह्रो छ ।
मनमा जे भए पनि सत्ता शक्तिमा आसिन वा सत्ता शक्ति हासिल गर्नै संभावना भएकाहरुको ओठे भक्ति गर्ने र त्यसैबाट आफु हमेशा प्रभावशाली भईरहने चाकरीतन्त्रमा कुशलता हासिल गरेका महारथीहरु जनताले आफ्नै वरिपरि प्रसस्त देखेका छन् । चाकरीमा आस्था हुूदैन तसर्थ चाकरीतन्त्रमा आस्था खोज्नु मुर्खता भैm लागे पनि यस्ता चाकरीवाजहरुमा छद्म आस्थाको ठुलो भण्डार हुन्छ जसले वास्तविक आस्थावानको आस्थालाई धेरै तल पार्छ । जस्तोसुकै अवस्था आए पनि  जुनसुकै तन्त्र आए पनि त्यसैको भक्त भएको र त्याग र बलिदान स्वरुप पुरानो तन्त्रमा बसेर त्यसलाई समाप्त पार्न आफ्नो ठूलो योगदान रहेको कुरामा विश्वस्त पार्न खप्पिस चाकरीवाजहरु वास्तवमा यो मुलुकका कोढ ।
एउटा कालखण्डमा सालिक ठड्याउने र अर्को कालखण्डमा त्यही सालिक ढालेर अर्को सालिक स्थापना गर्ने कलामा दक्षता हासिल गरेका यस्ता चाकरीतन्त्रको कारण मुलुक हमेशा अस्थिर भईरहेको छ , अस्थिर भई रहने छ । उग्ररुपमा भक्ति देखाउने चाकरीवाजहरु घुन भैm एउटा मालिकलाई खोक्रो पारे पछि अर्को मालिक तर्पm सल्कन्छन र उसलाई पनि खोक्र्रो पार्छन ।
शासनको आडमा अन्याय गरेर त्यो शासन ढल्ने परिरिथति पैदा गरिसके पछि आङ्खनो अपराधको दण्ड निस्तेज पार्न अर्को शासनको भित्रि घेरामा पुग्न सक्ने यस्ता पानी मथिका ओभानाहरु र उनीहरुबाट प्रतिपादित चाकरीतन्त्रले मुलुक अहिले सम्पुर्णरुपले आक्रान्त छ । जुन शक्ति जति छिटो यो चाकरीतन्त्रको फन्दामा पर्छ त्यो त्यतिनै छिटो निस्तेज हुन्छ । 
सर्वसाधारण जनता, जसको नाममा यो सम्पूर्ण दोकानदारी चलाईन्छ, त्यसको धेरै ठूलो माग हुँदैन । शान्तिपूर्वक पाखुरा बजाएर आङ्खनो तथा आफ्नो लालावालाको पालन पोषण गर्न पाईयोस, इज्जतपूर्वक घर व्यबहार धान्न पाईयोस र अन्त्य समयमा आफ्नाहरुको साथमा आङ्खनै कालगतिले मर्न पाईयोस । यो भन्दा ठूलो माग पनि उसको छैन । बाचुन्जेल दाना, छाना र नानाको समस्या न परोस र मरे पछि पनि आङ्खना सन्ततिहरुले दाना, छाना र नानाको निमित्त कसैसंग हात पैmलाउनु नपरोस यो नै सवैले हर समय भज्ने गरेको सर्वसाधारण जनताको ईच्छा आकांक्षा हो । दाना, छाना र नानाको उपार्जन र त्यसको शान्तिपूर्ण उपयोगको निमित्त नेपाली पाखुरीहरु आफ्नो श्रीसम्पत्ति जाकटी राखेर वा बेचेर उहिले मरुभूमि कहलिएका मुलुकहरुमा श्रम गर्न बाध्य छन । 
महादेव र पार्वतीको वरिपरि परिक्रमा गरेर ब्रम्हाण्डको परिक्रमा गरेको फलपाउने गणेशको अनुसरण गर्दे चाकरीतन्त्रका यूग पुरुषहरु केहि दलका शिर्षस्थ नेताहरुको चाकरीमा तल्लिन छन । विगतमा आफुले गरेको बेईमानी, हत्या, लुट तथा अपराधको निमित्त राजतन्त्रलाई बली चढाएर फेरी अर्को अन्याय र अत्याचारको श्रृखला शुरु गर्न तम्तैयारहरुले जत्ति नै लोकतन्त्र फलाके पनि, गरिव दिःनदुखीहरुको पीडामा गोहीको आँशु चुहाए पनि अहिलेको तन्त्र भनेको चाकरीतन्त्र नै हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper