banner
banner

प्रश्नका तीरहरुले क्षतविक्षत हामी

पदम हमाल -
– सीमा अतिक्रमण र सर्तसहितको विदेशी सहायता लिने विषयमा ओली सरकारलाई राष्ट्रघात भन्ने आरोप लगाउँदै साना ९ कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेका छन् । नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा मालेलगायत ९ दलले आन्दोलन थालेका हुन् । यो आन्दोलनले तातोपानी पनि लागेन ।
– कम्युनिष्ट कमरेडहरुले भ्रष्टाचार गर्दैनन् भन्ने मान्यतालाई अख्तियारले सदर गरेर, १७५ माथि मुद्दा हालिदियो । अख्तियारका मुद्दा ९० प्रतिशत उल्टिएका छन् । तैपनि सरकारको शाखा हो कि संवैधानिक अङ्ग छुट्याउन मुस्किल परेको छ । स्पष्ट के भयो भने अख्तियारको कदमले भ्रष्टहरु कमरेड हुनै सक्दैनन् भन्ने सन्देश दिएको छ । यी भ्रष्टहरुलाई कारवाही सुरु गरेर कमरेड दङ्ग छन् ।
– सक्षम जनता हुनुपर्ने हो । यदि हामी सरकार र सरकारी निकायहरुको चालचलनप्रति कुनै महत्व राख्दैनौँ भने हामी मूर्खहरुद्वारा शासित हुन बाध्य हुन्छौ । नेपालमा जे भइरहेको छ, यही भइरहेको छ । जनताजस्तो शासक उस्तै ।
– भरोसा शब्द यस्तो हो कि जुन आफैंसँग गरियो भने शक्ति बन्छ र अरुसँग गरियो भने कमजोरी । हाम्रा शासकहरु जनतालाई भरोसा दिलाएर भोट लिन्छन्, आफूचाहिं विदेशी बैशाखी टेकेर भरोसा खोज्छन् । यसैले कमजोर छन् ।
– नेपालजस्तो संसारको अर्को मुलुक कुन होला, जहाँ भ्रष्टहरु छाती फुलाएर हिड्ने र भ्रष्टाचारीलाई कारबाही गर भन्नेहरु जेल जानुपर्छ । नेपालमा उत्कृष्ठ संविधान छ, संवैधानिक पदहरु सबै खरिद बिक्री हुन्छन् । कठै नेपाल ?
– हामीले बुझ्नु पर्ने कुरा यही हो कि वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृजित हुने कुरा हो, यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ । तर तिक्तता पचाएर हामी सोच बदल्न तैयार छैनौं ।
– नेपालको राजनीति गज्जब छ किनकी आजका मितिसम्म प्रमुख प्रतिपक्षी दलका कारण सरकारले कुनै समस्या भोग्नु परेको छैन र पछि पनि भोग्नु नपरोस् । आखिर यी अग्रगमनकारीहरुलाई चाहिएको सत्ता र शक्ति न रहेछ ।
– इज्जत नभाकालाई इज्जत फाल्यो भन्नु महापाप हो भन्ने कुरो पुराणमा लेखेको छ । त्यसैले यी शासकहरुले इज्जत फाले नभनौं, जनता नै उस्तै छौं । आखिर नेकपाभित्रै कमरेडहरुको सम्पत्तिको छानबिनको कुरो उठ्यो त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper