banner
banner

नारी, तिमी त्यसै सुन्दर छ्यौ

देवी काफ्ले -
बजारका सौन्दर्य प्रशाधनका सामानमा आज पनि नारीको असली  सुन्दरता सट्टापट्टा भैरहेको छ । आफ्नो असली अनुहारमा अझै पनि सन्तुष्ट हुन किन सकेका छैनन् नारी ?
आखिर यी सौन्दर्यका साधन किन प्रयोग गरिरहेका छन् नारी ?
बजारमा पाइने एन्टी एजिङ,आई ब्राउज, आई लाइनर्स, आइ स्याडो, बेस मेकअप, ब्लस,लिप ग्लास, लिप लाईनर, लिपिस्टिक, नेलपोलिस यस्ता हजारौं किसिमका सामानहरु नारीलाइ नै भनेर बनाइएका छन् । नक्कली आँखा, नक्कली  ओठ, नक्कली  गाला किन ?
यी सबै साधन नारीले नै प्रयोग गर्छन् किनकि आफ्नो साँचो र सही अनुहारको बारेमा त उनीहरुले कुण्ठा पालेर बसेका छन् । बास्तविक अनुहारमा केही न केही नमिलेकोले सुन्दरी छैन भन्ने मनमा असन्तुष्टि कसरी प¥यो ?
बजारीया वस्तुले मात्रै उनको अनुहार चम्किन्छ नत्र  कुरुप छिन भन्ने हिनता र कुण्ठा कसले भर्यो उनमा ?
कसले गरेको अनुसन्धान  हो नारीको अनुहारमा कुनै न कुनै दोष छ या कुनै विशेष कुराको कमी छ भन्ने ? अनि मेकअपका साधन प्रयोग गरेर दोष मुक्त गराउन किन पर्यो ? के मेकअपका सामान प्रयोग गरेर दोषमुक्त गरेमा नारी सुन्दरी कहलिन्छिन् त ?
फेरि सुन्दरी देखिने होडमा खाना छोडिदिन्छन् । बोसो युक्त खाना खाए मोटो हुन्छे, नितम्ब, कमर, पिडौंला मोटा हुन्छन् साइज बिग्रन्छ र नराम्री देखिन्छ भनेर साइज मिलाउन थाल्छन् । शरीर कमजोर हुन्छ तर पनि सुन्दरी देखिनु त छ । फेरि कसले भन्यो कि नारीको शरिरको आकारमा सुन्दरता हुन्छ ?
फेरी कसले अर्को अनुसन्धान  ग¥यो कुन्नी राम्रा रङ्गिचङ्गी लुगा र गहनामा नारीको सुन्दरता निखारिन्छ भनेर ? अनि त्यसैको लहै लहैमा नारीहरु अति बुट्टेदार सारी, पुरै पिठ्युँ खोलेको ब्लाउज, अग्ला चमकदार चप्पल अनि रङ्गीबिरङ्गी, विभिन्न चमकदार पत्थर जडित चुराहरु पहिरिंदै आफ्नो सुन्दरता खोजिरहेका छन् । त्यहाँ पनि नारी आफ्नो साँचो रुपसंग कुण्ठित छन् । आखिर किन यसो गर्छन् ? किन आफुभित्रको सुन्दरतासँग सन्तुष्ट हुन सक्दैनन् ? पुरुषले किन नारीको क्षमता बाह्य सुन्दरतामा मापन गरिन्छ ? नारीभित्र पनि आफ्नो क्षमताप्रति आत्मविश्वास छैन ।
हाम्रो समाजमा पुरुषको परिचय उसको कामको आधारमा हुन्छ तर नारीको परिचय उसको सुन्दरतासँग । डाक्टर, ईन्जीनियर, कलाकार, लेखक जेसुकै होस् तर प्रश्न गरिन्छ कि हेर्नमा कस्ति छे ? होची, अग्ली, काली, गोरी, पुड्की, अग्ली साइज त फरक फरक हुन्छ । डाक्टर,ईन्जीनियर, पाइलट, कलाकार लेखक पुरुषको आफ्नै पहिचान हो तर नारीको होची पुड्की राम्री या नराम्री  ।
यस्ता परिचय लुकाउने ब्यावहारका पछाडी नारीहरु पनि अन्धाधुन्ध दौडिरहेका छन् । जुन कुरा नारी परिचयको लागि  अपाच्य लाग्छ ।
नारी वास्तवमा आफैमा सुन्दर छिन् । सृष्टिको  सबैभन्दा सुन्दर रुप नै नारीत्व हो । नारी सुन्दर हुन कुनै सौन्दर्य प्रशाधन या रत्न जडित चुरा प्रयोग गर्नै पर्दैन ।
घर सुन्दर बनाउने नारी हुन् । कुनै घरमा नारी छैनन् भने त्यो घर मसानघाट जस्तो लाग्छ । परिवार सुखी र सन्तति असल बनाउन नारीकै महत्वपूर्ण भूमिका रहन्छ । सन्तानलाई कस्तो बनाउने ? सुन्दर सपना बोकेर भोक तिर्खा नभनेर ,आफू भोकै बसेर सन्तान र परिवारको पेट भर्ने नारी कसरी कुरुप ? परिवारको ईज्जतको लागि कहिले दाइजो तराजुमा जोखिन्छिन् कहिले मट्टीतेलमा  दन्किन्छिन् त कहिले घरको दलिनमा झुण्डिन्छिन् अनि उनै नारी कसरी कुरुप हुन् र बाह्य सुन्दरता चाहियो ? घर र माइती दुवै परिवारको बिचमा एउटा मजबुत पुल बनेर बलियो सम्बन्ध बनाउँछिन् उनी कसरी कुरुप हुनसक्छे नारी ?
आफ्नो घर परिवार,समाज र देश नै सुन्दर र सफल बनाउने सपना बोक्छिन् उनी कसरी कुरुप ?
आमा बनेर सन्तानलाई अथाह माया गर्छिन् । श्रीमती बनेर असल साथी, सुखदुखको साथी मायालु जीवनसंगिनी बनेर पतिको सेवा गर्छिन् । उनै पतिका लागि  व्रत बस्छिन् सौन्दर्यताका साधन प्रयोग गरेर खुशी पार्छिन् । बुहारी बनेर लोग्नेका बाआमालाई आफ्ना कर्मदाता ठानेर सेवा गर्ने यिनै नारी हुन् । सहनशिलतालाई आफ्नो गहना ठान्ने र हरेक आपतबिपत् परे पनि संघर्ष गरेर जीवन चलाउन सक्ने नारी कसरी कुरुप ?
यीनै अनेक गुणहरु नै नारीका गहना र सुन्दरताका साधन हुन् । आत्मा देखि सुन्दर यी नारीलाई  न कुनै प्रशाधनको आवश्यकता छ, न त भगवानको नाममा बेचिने हरिया पहेंला चुराको  ।
त्यसैले नारी तिमी  कुरुप छैनौ । तिमी  त संसारकी सुन्दर सृष्टि हौ । बाहिरी रुपको पछि नलाग  । तिमी आमा हौ । तिमी छोरी हौ । संसार फुलाउने फूल हौ तिमी, त्यसै सुन्दर छौ ।
बुद्धिनारायण भन्छन्
नक्साको मुठोले हानौं
लिपुलेक–कालापानी–लिम्पियाधुरा सिमाना बारे सीमाविद बुद्धिनारायण श्रेष्ठ भन्छन्– नेपालको कालापानी क्षेत्र भारतले क्वाप्प पारेको छ । तर निल्न सकेको छैन । नेपाली भूभाग उसको किलकिलेमा अड्किएर रहेको छ । निलिहाल्न सकेको छैन, ओकल्न पनि सकेको छैन ।
अब उसको पछाडिको गर्धन अर्थात घुच्चुकमा नेपालले न्वारानको बल निकालेर नक्साको मुठोले प्वाक्क हान्न सकेमा भारतको किलकिलेमा अड्किएको कालापानी फुत्त ओकलिन्छ र नेपालतिर छड्किन्छ ।
कुरो बुझ्या खै हाम्रो सरकारले ?
एमसीसीबारे अमरिकी दूतावासको भनाइ– . अब नेपालले अनुमोदन गरे गरोस्, नगरे पनि केही छैन भन्ने खालको देखिन्छ ।
अमेरिकाको भनाइ खाए खा, नखाए घिच् भनेर नेपाललाई घिचाउन लागेको छ । नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति, सार्वभौमिकता, स्वाधीनता जोगोउन निकै बुद्धिमत्तापूर्ण कूटनीति र रणनीति खेल्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper