banner
banner

एमसीसीका सात सञ्चालकहरु

काठमाडौं । अािर्थक मामिला र व्यवस्थापन विज्ञ र पूर्वसचिव राजन खनाल, सफल प्रशासनविज्ञ मधुप्रसा भेटवाल, पूर्वाधार विशेषज्ञ सहसचिव गोपाल प्रसाद सिग्देल, नेपाल विद्याुत प्राधिकरणका कार्यकारी र सफल प्रशासक, व्यवस्थापक कुलमान घिसिङ, नेशनल हाइड्रोका अध्यक्ष तथा आइएनजीओका विेषज्ञ कुमार पाण्डे, राजनीतिशस्त्रका पीएचडी होल्डर र माफिएका पत्रकार गोपाल खनाल र उर्जा र पूर्वाधार परियोजनामा काम गरेका अनुभवी खड्गबहादुर बिष्ट ःएमसीसी सञ्चालन गर्ने एमसीए नेपालको ७ सदस्यीय टिम हो यो ।
यही टिम हो जसले झण्डै ७२ अर्वको एमसीए परियोजना 
सञ्चालन गर्नेछ । सरकारले प्रतिनिधित्वमा फेरबदल गर्नसक्छ । परियोजना कसरी सञ्चालन गर्ने निर्णय सरकारले गर्नेछ, सरकारको निर्देशनअनुसार काम गर्ने टिम हो यो ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले एमसीएले काम थालिसकेको छ । संसदबाट पास हुनुपर्ने सर्त पुरा नै नभई कसरी परियोजना सुरु भयो, भन्न सकिन्न । मन्त्रीले भारतको स्वीकृति दिइसकेको अभिव्यक्ति पनि सार्वजनिक भइसकेको छ । के कस्तो स्वीकृति दिएको हो, खुलासा भएको छैन । यो टिमले नुवाकोट र विभिन्न जिल्लामा पुगेर परियोजनाका बारेमा स्थानीयसँग छलफल गर्ने र विचार संकलन गर्ने कार्य भने थालिसकेको देखिन्छ । होटल याक एण्ड यतिमा रहेको यो टिमको कार्यालयमा हाललाई २ करोड बजेट दिइएको, ६० कर्मचारी भर्ना गरिएको र एक भारतीय सहित २ अमेरिकी नेपाली नागरिक रहेको समाचार पनि सार्वजनिक भइसकेको छ । अझै एमसीसी पास भएको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper